काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणका कारण काभे्रे बेथानचोक गाउँपालिकाका एक वृद्धाको आज मृत्यु भएको छ । ती ७५ वर्षीया वृद्धाको वनेपास्थित शिर मेमोरिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । योसँगै काभ्रेमा हालसम्म पाँच पुरुष र पाँच महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
जिल्लामा कोरोना भाइरस् सङ्क्रमितको सङ्ख्या दैनिक ४० को हाराहारिमा पुगेको छ । आज जिल्लामा ४० सङ्क्रमित थपिएका छन् । पोष्टका अनुसार मङ्गलबार ५८ थिए भने सोमबार ४३ मा कोरोना सङ्क्रमण देखियो । आजसम्म सङ्क्रमितको सङ्ख्या एक हजार १३६ पुगेको छ जसमध्ये ४२३ महिला र ६९२ पुरुष सङ्क्रमित हुन् । कूल सक्रिय सङ्क्रमितमध्ये ३५ प्रतिशत वनेपा नगरभित्र मात्रै छन् । नगरमा आज सात पुरुष र चार महिला थपिएपछि ७१ महिला र ९९ पुरुष सङ्क्रमित छन् । यस्तै, कुल सक्रिय सङ्क्रमितमध्ये आजसम्म धुलिखेलमा ३३ प्रतिशत अर्थात् १६१ छन् । पनौतीमा ४४, पाँचखालमा ३१, नमोबुद्धमा ३४, मण्डनदेउपुरमा १४, भुम्लु गाउँपालिकमा तीन, रोशीमा ११, महाभारत गाउँपालिकामा तीन सङ्क्रमित छन् ।
काभ्रेको १३ मध्ये तीन गाउँपालिका कोरोनामुक्त छन् । बेथानचोक, तेमाल र खानीखोला गाउँपालिका कोरोना मुक्त भएका हुन् । सबैभन्दा कम चौंरीदेउराली गाउँपालिकामा एक जना पुरुष रहेका छन् ।
जिल्लामा महिलाभन्दा तेब्बर सङ्ख्या हाराहारिमा पुरुषमा कोरोना सङ्क्रमण देखिँदै आएको छ । कुल सङ्क्रमितमध्ये ६१ प्रतिशत पुरुषमा सङ्क्रमण देखिएको पोष्टले जनाएको छ । सङ्क्रमितमध्ये २१७ महिला तथा ४१२ पुरुषमा सङ्क्रमण निको भैसकेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले जानकारी दिए । उनका अनुसार कुल सङ्क्रमितमध्ये हालसम्म ५४ प्रतिशत अर्थात् ५९३ जना उपचारपछि निको भई घर फर्किएका छन् । अधिकांश सङ्क्रमित ४५ वर्ष नाघेका रहेको तथ्याङ्कले देखाएको छ ।
“काभे्रमा केही दिनदेखि सरदर दैनिक ४० जनामा सङक्रमण देखिएको छ, त्यसमध्ये बनेपामा अधिक देखिन्छ”, डा।झाले भने । पोष्टका अनुसार हाल सक्रिय सङ्क्रमितमध्ये ३५ महिला र ८८ पुरुष अस्पताल आइसोलेशन र १५९ महिला र २१५ पुरुष होम आइसोलेशनमा उपचाररत छन् । यसैबीच, नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोककुमार ब्याञ्जूलाई कोरोना सङ्क्रमण भएको छ । नगर स्वास्थ्य शाखा संयोजक सन्दिप केसीका अनुसार जनस्वास्थ्य प्रयोगशाला धुलिखेलमा गरिएको पिसिआर परीक्षणमा ब्याञ्जूलाई आज कोरोना सङ्क्रमण पुष्टी भएको हो । उनले आज सामाजिक सञ्जालमार्फत आफुसहित परिवारका सदस्यलाई कोरोना सङ्क्रमण पुष्टी भएकोसमेत जानकारी गराएका छन् ।
ब्याञ्जूलगायत धुलिखेल नगर कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आजैदेखि नगरको अत्यावश्यकबाहेक आउँदो ५ गतेसम्म अन्य सेवा बन्द गरिएको छ । साथै, नगरद्वारा जारी सूचनामा नगरका केही जनप्रतिनिधि तथा कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले उनीहरुको सम्पर्कमा आएकाको स्वाब सङ्कलन गरी नतिजा नआएसम्मका लागि वडा कार्यालयबाटसमेत प्रदान गरिने सेवा एक हप्ताका लागि बन्द गरिएको जनाइएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: