Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

कर्मचारीलाई कोरोनाको डर, सेवाग्राहीलाई सेवाको आश

भजनी । लम्कीचुहा नगरपालिकाका हीरासिंह बोहरा मालपोत कार्यालय टीकापुर धाउन थालेको दुई हप्ता पूरा भयो । मालपोत कार्यालयमा सेवा पाउँछु भन्ने आशा बोहरामा भए पनि मङ्गलबार मालपोत कार्यालयले वितरण गर्ने कुपन नपाउँदा उनी निराश थिए।

बिहान ४ बजे मालपोत कार्यालय टीकापुर पुगेका हीरासिंह भन्दा पहिले नै धेरै सेवाग्राही लाइनमा भएका कारण मालपोत कार्यालयले दैनिक वितरण गर्ने ६० वटा कुपनमा उनी अटाउन सक्नुभएन । तैपनि कुनै विकल्प भइहाल्ने कि रु भन्ने आशामा उनी दिनभर मालपोत कार्यालय परिसरमै रहे । तर, काम भएन ।

“मालपोतले कुपन वितरण गर्छ । तर, केही कुपन कर्मचारीले नै भित्रै मिलाउदा रहेछन्”, हीरासिंहले भने, “हामी सर्वसाधारणका लागि धेरै ठूलो सास्ती छ । न त कसैसँग पहुँच छ न त हाम्रो कुरा कसैले सुन्छ ।” उनले जग्गा रोक्काका लागि दुई हप्तादेखि मालपोत कार्यालय आउँदा मात्रै ठूलो खर्च भइसकेको बताउँदै कर्मचारीकै कारण कोरोना भाइरसको त्रास भयावह बन्दै गएको बताए।

त्यस्तै, भजनी नगरपालिका–६ बसाहाका फरहारी डङ्गौरा पनि जग्गा रोक्काका लागि मालपोत धाउन थालेको हप्ता दिन पुगेको बताए । “मालपोतले हप्तैपिच्छे नियम बनाउँदा हामी सेवाग्राहीले ठूलो सास्ती भोग्नु परेको छ”, उनले भने, “नियम बदलिन्छ थाहै हुँदैन । आफूलाई जस्तो सहज भयो, त्यस्तै नियम बनाउँदा कोरोनाबाट कर्मचारी त सुरक्षित रहलान् । तर, सेवाग्राहीको जिम्मेवारी कसले लिने ?”

मालपोत कार्यालय टीकापुरले असोज १ गतेबाट हालसम्म तीन पटक नियम बदलिसकेको छ । मालपोत कार्यालयमा सेवाग्राहीको अत्याधिक भीडभाड हुन थालेपछि असोज ४ गते आइतबारबाट एक स्थानीय तहका लागि एक बार मात्र सेवा प्रवाह गर्ने निर्णय गरेको थियो । उक्त नियम दुई दिन पनि टिक्न सकेन । त्यसपपछि दैनिक ४० जना सेवाग्राहीको काम मात्र हुने गरी कुपन प्रणाली लागू ग¥यो । त्यो नियम पनि दोस्रो दिन कार्यान्वयन हुन सकेन ।

पुनः मालपोत कार्यालयले साविकका गाविस अनुसार बार छुट्याएर सेवाप्रवाह गर्न शुरु गर्यो । त्यसमा पनि अत्याधिक भीडभाड हुन थालेपछि मालपोत कार्यालयले साविकका गाविसलाई बार अनुसार दैनिक ६० वटा कुपन वितरण गरी सेवा प्रवाहको काम शुरु गरेको छ । अहिले दैनिक ६० वटा कुपन वितरण हुँदा सेवाग्राही राति ३ बजेदेखि नै कुपनका लागि लाइनमा बस्ने गरेका छन् ।

मालपोतले १० बजेपछि मात्र कुपन वितरण गर्ने भने पनि सेवाग्राहीले बिहान ३ बजेदेखि नै लाइनमा बस्दै आएका नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन इकाई समिति टीकापुरका अध्यक्ष सत्यराज शर्माले बताए । उनले बन्दाबन्दीका कारण हजारौं सेवाग्राहीको काम रोकिएको बताउँदै सुरक्षाका मापदण्ड अपनाएर आएका सेवाग्राहीका काम कर्मचारीले गर्न सके भीडभाड कम हुने बताए ।

“रोक्का, फुकुवाका लागि किन कुपन वितरण गर्नुपर्यो रु कुपन प्रणालीले झनै जोखिम निम्त्याएको छ”, अध्यक्ष शर्माले भने, “यदि कुपनै वितरण गर्नुपर्ने भए पनि सेवाग्राहीलाई अघिल्लो दिन नै कुपन वितरण गर्दा भीडभाड कम हुनसक्छ ।”

मालपोत कार्यालय टीकापुरका प्रमुख दलबहादुर चन्दले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि हप्तैपिच्छे नियम परिवर्तन गर्नुपरेको बताए । उनले जुन प्रक्रिया अपनाउँदा पनि भीडभाड कम गर्न नसकिएको बताउँदै मालपोत कार्यालय कोरोनाको उच्च जोखिममा रहेको बताए । “हामीले रहरभन्दा पनि बाध्यताले विकल्प खोज्दै आएका हौं”, उनले भने, “अझै पनि सेवाग्राहीको भीडलाई नियन्त्रण गर्न सकेका छैनौँं । त्यसमा पनि प्रतिलिपि र निवेदनमा हामीले कुपन प्रणाली लागू गरेका छैनौं ।”

अहिले कुपन वितरण व्यवस्थित गर्न भन्दै इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी टोलीसमेत मालपोत कार्यालयमा खटिँदै आएको छ । प्रहरी खटिए पनि कुपनका लागि भने ठूलो हानथाप गर्नुपर्ने अवस्था मालपोत कार्यालयमा देखिएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies