सिन्धुपाल्चाेक । सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पबाट सबैभन्दा बढी क्षति ब्यहोरेको सिन्धुपाल्चोकमा निर्माण गरिने भूकम्प स्मृति उद्यानको काम यथाशीघ्र अघि बढाउन पहल गर्ने बताएका छन्। बिहीबार सदरमुकाम चौतारामा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत निर्माणको चरणमा रहेको भूकम्प स्मारक उद्यान समन्वय तथा सहजीकरणका लागि भएको बैठकमा उनले सो कुरा बताएको हो ।
उक्त स्मृति उद्यानका संरक्षकसमेत रहेका सभामुख सापकोटाले राष्ट्रिय गौरवको आयोजना स्मृति उद्यान बनाउन कानूनी जटिलता हटाएर पूरा गरी छाड्ने प्रतिबद्वता जनाए । विधि, विधान निर्माण गर्ने सङ्घीय संसद्को नेतृत्व गरेको हिसाबले बैठकमा उपस्थित भएको सभामुख सापकोटाले बताए। “यो राष्ट्रिय गौरवको आयोजना हो, यसले अन्तर्राष्ट्रिय महत्व राख्छ”, सभामुख सापकोटाले भने, “यसकारण बैठकमा मेरो उपस्थिति आफैँमा अर्थपूर्ण छ ।”
समस्या निराकरणका लागि जोखिम आवश्यकता परे पनि दिन आफू तयार भएरै आएको उनले बताए । राम्रो काम गर्नका लागि कानूनी जटिलतामात्रै प्रधान नरहेको उनको जिकिर थियो । देशकै स्मरणयोग्य बनाउनका लागि केही क्षति भए पनि ब्यहोर्न तयार हुनपर्नेमा उनले जोड दिए । “हामीले थालेको महान कार्यलाई रोक्ने होइन कि त्यसलाई ठिक ढङ्गले निकास दिनुपर्छ”, सापकोटाले भने । उपाय कसरी निकाल्न सकिन्छ गहन छलफल गरेर निष्कर्ष निकाल्न उनले प्रमुख जिल्ला अधिकारीलगायतलाई निर्देशनसमेत दिए ।
स्मृति उद्यानको तत्कालीन वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटा र सांसद शेरबहादुर तामाङद्वारा विसं २०७३ वैशाख २९ गते शिलान्यास गरिएको थियो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ दारेगौँडा पानी ट्याङ्कीमा भगवती सामुदायिक वन क्षेत्रको ४२ हजार १०८ वर्गमिटर क्षेत्रमा बन्ने गरी शिलान्यास भएको हो । निर्माण समन्वय र सहजीकरण समिति गठनसमेत भएर निर्माण शुरु भएको भनिएको उद्यान पाँच वर्ष बितिसक्दासमेत योजनामै थन्किएको छ । रु ४९ करोड ९३ लाख १६ हजार ५२४ को लागत अनुमान र उद्यानको डिपिआरसमेत सम्पन्न गरी पुनःनिर्माण प्राधिकरणबाट रु एक करोड स्वीकृत भई घेराबार लगाइएको थियो ।
बैठकको अध्यक्षता गरेका सांसद तथा पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले सिन्धुपाल्चोकमा विद्यालय भवन निर्माणले देशकै अग्रता पाएजस्तै भूकम्प स्मृति उद्यान पनि सोही गतिमा बन्नुपर्ने धारणा राखे । भूकम्पले देशकै सर्वाधिक क्षति पु¥याएको सिन्धुपाल्चोकमा भूकम्प स्मृति उद्यान बनाउन कसैगरी नरोकिने ठोकुवा गर्नुभयो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, पूर्वसांसद सुभाष कर्माचार्य, जिल्ला अध्यक्ष झम्क नेपाल तथा नेपाली काँग्रेसका जिल्ला सचिव बिलबहादुर तामाङलगाएतले स्मृति उद्यान पुनःनिर्माणमा अड्किएको गाँठोलाई कुनै विधिद्वारा फुकाउनुपर्ने धारणा राखे ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: