Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

भष्ट्राचार र कमिसनतन्त्रको अन्त्य हुनुपर्छ : प्रदेश प्रमुख शेरचन

गण्डकी । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले मुलुकको समृद्धिका लागि भष्ट्राचार र कमिशन तन्त्रको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ । जिल्ला समन्वय समिति कास्कीको चौथो जिल्ला सभाको आज यहाँ उद्घाटन गर्दै उनले जनताको बलबाट प्राप्त अधिकार र व्यवस्थाको रक्षाका लागि मुलुकमा सुशासन कायम हुनुको विकल्प नभएको बताए ।

स्थानीय सरकारले आम जनतालाई अभिभाकत्व प्रदान गर्न सफल भएको बताउँदै प्रदेश प्रमुख शेरचनले व्यक्तिले गरेको गल्तिलाई कुनैपनि संस्थासँग जोडन नहुने बताए । विकास निर्माण कार्यको अनुगमन गर्ने जिम्मा जिल्ला समन्वय समितिलाई भएको उल्लेख गर्दै प्रमुख शेरचनले अनुगमनका क्रममा देखिएका कमिकमजोरी औल्याउँदै त्यसको कार्वाहीको सिफारिस गर्ने निकाय स्पष्ट हुनु पर्ने बताए ।

सांसद विद्या भट्टराई अधिकारीले प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखराको मौलिकतालाई बचाएर शहरीकरण गर्नुपर्ने आवश्यकता औल्याए । प्रकृतिको संरक्षण गर्दै विकास निर्माणमा जुटनु सम्पूर्ण जनप्रतिनिधिहरुको दायित्व भएको उनको भनाइ थियो ।

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले वर्तमान विषम परिस्थितिमा पनि स्थानीय तहले दैनिक ज्यालादारी गरेर खाने वर्गलाई राहत वितरण गर्नुका साथै विकास निर्माणलाई समेत निरन्तरता दिएको बताए । जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्रीले समितिलाई प्राप्त जिम्मेवारी अनुसारका काम कार्वाहीमा तदारुक्तता देखाइएको बताए । समितिका आगामी दिनका कार्ययोजना प्रस्तुत गर्दै अधिकारीले जनप्रतिनिधिहरु जनताका हरेक समस्यामा सहयोगी बन्दै आफ्नो जिम्मेवारी र दायित्व वहन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, जिससका उप प्रमुख सावित्री भण्डारी, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, पूर्व जिविस उपसभापति श्रीनाथ बराल लगायतले जिससको भूमिका तथा दायित्व सम्वन्धमा आ—आफ्ना धारणा राखे ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending