Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

आर्थिक प्राथमिकताको पुनर्विन्यास तथा स्रोतसाधनको पुनःनिर्धारणमा विलम्ब नगराै‌ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आधारभूत स्वास्थ्य रक्षाका साथै शिक्षा र स्वास्थ्य सेवालाई जारी राख्न राष्ट्रहरुले आर्थिक प्राथमिकताहरुको पुनर्विन्यास तथा स्रोतसाधनको पुनःनिर्धारण अविलम्ब गर्नुपर्ने औँल्याएका छन् । संयुक्त राष्ट्र सङ्घको ७५ औँ महासभाका अवसरमा राष्ट्रसङ्घीय विकास कार्यक्रम र बहुआयमिक गरीबी मित्रसमूह सञ्जालसँगको साझेदारीमा चिली र पाकिस्तान सरकारको सहआयोजनामा ‘गरीबीको दोसाँधः श्रेष्ठतम पुनर्निर्माणका लागि नेतृत्व र बहुआयमिक गरीबी सूचकाङ्कहरुको उपयोग’ विषयमा बिहीबार भएको उच्चस्तरीय पाश्र्व बैठकलाई पूर्वअभिलेखित ‘भिडियो’ सम्बोधन गर्दै उनले कोभिडका कारण उत्पन्न परिस्थितिबाट पार पाउन तथा अर्थतन्त्रलाई पूर्ववत् फर्काउँदै द्रुत विकासको पथमा अग्रसर हुन बेलैमा साधनस्रोत पुनः छुट्याउन अपरिहार्य भएको बताए ।

यथाशक्य चाँडो निरपेक्ष गरीबीको अन्त्य र सबै किसिमका अन्य गरीबी घटाउने नेपालको प्रयासलाई कोभिडको महामारीले गम्भीररुपमा प्रभाव पारेको वास्तविकता प्रस्तुत गर्दै उनले नागरिकको स्वास्थ्य र अर्थतन्त्रलाई महामारीले सिर्जना गरेको जोखिमबाट जोगाउन पर्याप्त प्रयास गरिइरहेको बताए।

इमानदार राष्ट्रिय प्रयास र बृहत् विश्वव्यापी विकास सहायता तथा समर्पित सहयोगी कदमबाट नै अहिलेको महामारीलाई पराजित गर्न सकिने प्रधानमन्त्री ओलीले बताए । भरपर्दो बहुआयामिक गरीबी सूचकाङ्कले उपयुक्त नीति तर्जुमा गर्न उपयोगी आधार उपलब्ध भए पनि नेपालजस्तो विविध भौगोलिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक स्थिति भएका देशमा भिन्नभिन्न तहमा बहुआयमिक गरीबी सूचकाङ्क बनाउन जरुरी भएको बताउँदै उनले त्यसो गर्दा असमानता घटाउन तथा सबै किसिमका असमानता र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आकाङ्क्षा साकार पार्नका लागि न्यायपूर्ण रुपमा स्रोतसाधन छुट्याउन सकिन्छ भने ।

गरीबी नेपालको बहुआयामिक समस्या भएकाले निरक्षरता, बेरोजगारी र गरिबी घटाउने नेपाल सरकारका लक्षित कार्यक्रम तथा नेपाली जनताको जीवनस्तर सुधार, अत्यावश्यक सेवा प्रवाह, आधारभूत खानेपानी आपूर्ति र सरसफाईसहित नवीकरणीय ऊर्जामा पहुँच बढाउन भएका प्रयासको प्रधानमन्त्रीले चर्चा गरे ।

सामाजिक न्याय र समानतामा आधारित आर्थिक विकास प्रवद्र्धन तथा सबै किसिमका विभेद र वञ्चितीकरणको अन्त्य गर्ने नेपालको नीति जानकारी गराउँदै उनले कोही पनि भाकै नरहोस् र खान नपाएर कसैको मृत्यु नहोस् भन्ने सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट गरे ।

अफगानिस्तान, चिली, कोष्टारिका र होण्डुरसका राष्ट्रपति, इक्वेडरका उपराष्ट्रपति तथा पाकिस्तानका प्रधानमन्त्रीलगायत नेताहरुले बैठकलाई सम्बोधन गरेको राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending