चिनियाँ पक्षसँग भएन वार्ता, ११ नम्बर स्तम्भ हराउँदा सीमारेखा अस्पष्ट
हुम्ला । नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ खोज्न गएको नेपाली टोली चिनियाँ पक्षसँग वार्ता नगरी लाप्चाबाट फर्केको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले लाप्चा नजिकैको ललुङजोङ क्षेत्रमा चीनले बनाएका संरचनाबारे पनि कुराकानी गर्न खोजेको थियो ।
आजको कान्तिपुर दैनिकमा खबर छ - नाम्खा गाउँपालिका–६, लिमी क्षेत्रमा पर्ने ११ नम्बर सीमास्तम्भ हराउँदा नेपाल–चीनको सीमारेखा स्पष्ट हुन सकेको छैन । लाप्चामा रहेको १२ नम्बर स्तम्भ नजिकै ललुङजोङमा चीनले संरचना निर्माण गरेपछि आइतबार नेपाली टोली बुझ्न त्यसतर्फ गएको थियो ।
टोलीमा नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र जनप्रतिनिधि सहभागी छन् । टोलीमा सहभागी नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाका अनुसार टोली आइतबार बिहान ११ बजे ललुङजोङ पुगेको थियो । त्यहाँ रहेका चिनियाँ सुरक्षाकर्मीले ताक्लाकोटबाट आफ्ना प्रतिनिधि आउँदै गरेको जानकारी दिँँदै पीपीई सेट लगाएर बस्न भनेका थिए ।
करिब डेढ घण्टा कुरेपछि चार जना चिनियाँ अधिकारी आएका थिए । ‘उनीहरूले कोरोनाको डर छ, यहाँ कुराकानी नगरौं, बरु बोर्डरलाइन (सीमारेखा) मा बसौंला भनेर माइकिङ गरे,’ उनले भने, ‘त्यसपछि हामी फर्कियौं, कुराकानी भएन ।’ उनका अनुसार चिनियाँ अधिकारीले भवन बनाएको भूभाग चीनकै भएको बताएका थिए ।
ललुङजोङमा चीनले साना–ठूला गरी ११ वटा भवन बनाएको छ । लाप्चादेखि करिब ४ किलोमिटर पश्चिममा पर्छ । चिनियाँ पक्षको जवाफपछि नेपाली टोली हिल्सातर्फ लागेको थियो । हिल्सामा ८ नम्बरको स्तम्भ छ ।
चीनले संरचना बनाउनुअघि ललुङजोङ क्षेत्रमा बर्खाको समयमा लिमीका बासिन्दाले चौंरी चराउन लाने गर्थे । लिमीदेखि त्यहाँ पुग्न गाडीमै करिब ४ घण्टा लाग्छ । तिब्बततिरबाट पनि चरिचरनका लागि मानिस आउँथे । करिब ४ वर्षअघि चीनले व्यापारिक प्रयोजनका लागि भनेर दुइटा घर बनाएको थियो ।
अहिले थप ९ वटा बनेका छन् । एउटा सानो घरमा सुरक्षाकर्मी बसेको र बाँकी प्रयोगमा नरहेको अध्यक्ष लामाले बताए । ‘खासमा त्यो ठाउँ दुवैतिरको चरिचरन क्षेत्र थियो, अहिले भवन बनेपछि लिमीका मान्छे (नेपाली) लाई त्यहाँ जान रोक लगाइएको छ,’ उनले भने, ‘हराएको पिल्लर खोजी नगर्दासम्म कुन भूभाग कताको हो भन्न सकिने अवस्था छैन ।’
हिल्सातिर गएको टोली फर्केको छैन । सहायक प्रजिअ दत्तराज हमालले छिटोमा बुधबार साँझसम्म टोली फर्किने बताए । उनले स्तम्भ हराएको र ललुङजोङमा चीनले घर बनाएको गुनासो आएपछि टोली त्यसतर्फ गएको बताए । ‘कति स्तम्भ कहाँ–कहाँ छन् भन्नेबारे टोली फर्किएपछि थाहा हुन्छ,’ उनले भने ।
नेपाल–चीन सीमाअन्तर्गत हुम्ला क्षेत्रमा मात्र १२ स्तम्भ छन् । तीमध्ये ११ नम्बर स्तम्भ हराएको वा भत्केको नेपाली अधिकारीको भनाइ छ । जिल्ला प्रशासन कार्यालयको अभिलेखमा भने हुम्ला जिल्लाको सीमारेखामा १० वटा मात्र स्तम्भ छन् ।
पहिलो पटक ०७२ सालमा हुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सीमा बैठकमा उक्त स्तम्भबारे एजेन्डा राखेका थिए । उक्त बैठकमा दुवै पक्ष मिलेर स्तम्भ खोजी गर्ने निर्णय भएको थियो । नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङले भने, ‘बैठकमा कुरा उठ्छ, खोजी गर्ने सहमति पनि हुन्छ । बैठक सकिएपछि भने दुवै पक्षले बिर्सिन्छन्, अनि पिल्लर कहाँबाट भेटियोस् ।’
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: