सिरहा। जिल्ला सदरमुकाम सिराहास्थित सिराहा कारागारमा रहेका पाँच सय ९७ कैदीबन्दी र दुई आश्रित बालबालिकामध्ये पाँच सयमा कोरोना संक्रमण देखिएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - कारागार प्रमुख बबिता महतोका अनुसार शनिबारसम्म कारागारमा विभिन्न मुद्दाका कैदीबन्दी र थुनुवामध्ये १७ महिला र चार सय ८१ पुरुषमा संक्रमण देखिएको छ । यस्तै डेढ र दुई वर्षका दुई बालबालिकामा कोरोना संक्रमण देखिएको कारागार प्रमुख महतोले बताइन् ।
संक्रमितमध्ये पुरुषलाई कारागारभित्र छुट्टै ठाउँमा र महिलालाई महिला वार्डमै छुट्टै राखिएको छ । ‘बहुसंख्यक लागूऔषध, कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दाका कैदी र थुनुवा भएकाले सुरक्षाको दृष्टिकोणले कारागारमै राखेका छौँ,’ उनले भनिन्, ‘कारागारको क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी भएकाले भौतिक दूरी कायम गराउन ठाउँ अभाव छ ।’
उनका अनुसार कारागारभित्र दुईवटा भवनमा १५ जनासम्म अट्ने क्वारेन्टिन र ३० शैंयाको आइसोलेसन बनाइएको छ ।
थुनुवाबाट फैलियो संक्रमण
कारागार प्रमुख महतोका अनुसार पछिल्लो साउनमा चोरी, ज्यान मार्ने उद्योगअन्तर्गत अदालतको आदेशमा पुर्पक्षका लागि कारागार पठाइएका लहान, धनगढी र भगवानपुरका चार जनाबाट कोरोना संक्रमण फैलिएको हो ।
उनले भनिन्, ‘अदालतमा उपस्थित गराउँदा पिसिआर जाँच गरिएको भए पनि रिपोर्ट नआइसकेको अवस्थामा चार जना थुनुवालाई कारागार ल्याइयो । २६ साउनमा ल्याइएका थुनुवाबाट ४० दिनको अवधिमा ८४ प्रतिशत कैदीबन्दी संक्रमित भए ।’
संक्रमितहरूलाई कारागारमै राख्दा समस्या हुने र बाहिरको आइसोलेसनमा पनि असुरक्षा हुने भएकाले जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार कारागारसँगै टाँसिएको जिल्ला प्रशासन कार्यालयको पुरानो भवनमा आइसोलेसन बनाउने गरी ग्रिल, झ्याल ढोका मर्मतका काम भइरहेको उनले बताइन् ।
संक्रमित भन्छन्– पोषिलो खाना चाहियो
दैनिक सात सय ग्राम मन्सुली चामल र ६० रुपैयाँ खर्च पाउँदै आएका कैदीबन्दीले कोरोना संक्रमित भएपछि पोषिलो खानेकुाराका लागि थप बजेट दिनुपर्ने माग गरेका छन् ।
कारागारमा नाइकेको काम गरिरहेका कैदीले आफै संक्रमित भएपछि कारागारभित्रै आइसोलेसनमा बसिरहेको, तर सामान्य अवस्थामा जस्तो खानेकुरा दिइरहेको गुनासो गरे । ‘घाँटी दुख्नुका साथै कमजोरी भएको छ,’ उनले भने, ‘पोषिलो खानेकुराका लागि सरकारले हेरिदिएन ।’
कारागार प्रमुख महतो पनि संक्रमित कैदीबन्दीले पोषिलो खानेकुराका लागि थप बजेट माग गर्नु स्वाभाविक रहेको बताउँछिन् । ‘संक्रमितहरूका लागि कारगार व्यवस्थापन विभागसँग प्रतिव्यक्ति एक सय रुपैयाँ दैनिक थप रकम माग गरेर पठाएका छौं,’ उनले भनिन्, ‘त्यति नगरे संक्रमित कैदीबन्दीहरूको स्वास्थ्य अवस्था झन् बिग्रिन सक्छ ।’
आठ संक्रमितसहित नौ जना छुट्दै
संविधान दिवसको अवसरमा आठ संक्रमितसहित नौजना कैदीबन्दी बाँकी कैद छुट भएपछि शनिबार कारागारमुक्त हुँदै छन् ।
सवारी ज्यान, चोरी, ज्यान मार्ने उद्योग, अंगभंग मुद्दाका असल चालचलन प्रदर्शन गरेका ५० प्रतिशत बाँकी कैद भुक्तान गरिसकेका कैदीहरूलाई कारागार प्रशासन, प्रमुख जिल्ला अधिकारीको सिफारिसमा कारागार व्यवस्थापन विभाग, गृह मन्त्रालय, मन्त्रिपरिषद् महामहिम राष्ट्रपतिले बाँकी कैद मिनाहा गरेपछि नौजना कैदी शनिबारसम्म छुट्ने गरी तयारी भइरहेको प्रमुख महताले बताइन् ।
कारागार प्रमुख महतोका अनुसार कैद मिनाहा पाएर छुट्ने संक्रमितहरूलाई जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रको सिफारिसमा आइसोलेसन राख्ने र घरमै आइसोलेसनमा बस्न सक्नेहरूलाई घर जान दिइनेछ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: