शुक्रवार पेरिसडाँडामा सचिवालय बैठक, तीन एजेन्डा तय
काठमाडौं। प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी कांग्रेससँगको परामर्शमा लामो समयदेखि अड्किएको संवैधानिक अंग र विश्व विद्यालयका पदाधिकारीहरुको नियुक्ति टुंग्याउने गृहकार्य शुरु गरेका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - प्रधानमन्त्री निवास बालुवाटारमा वुधबार भएको छलफलमा ओली र प्रचण्डबीच भएको छलफलमा अड्किएका नियुक्ति छिटो टुंगो लगाउन विहीबार बालुवाटारमा कांग्रेससँग छलफल गर्ने समझ्दारी समेत बनेको छ ।
प्रधानमन्त्री ओली र प्रचण्डले कांग्रेस सभापति शेरबहादुरसँग त्यसबारे छलफल गरेर टुंग्याउने प्रयास गर्ने नेकपाका संसदीय दलका उपनेता सुबास नेम्बाङले जानकारी दिए । ओली र प्रचण्डसँगको छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।
दुई अध्यक्षसँग वुधबार बेग्लाबेग्लै बालुवाटारमा भेटेका नेता नेम्बाङले नयाँ पत्रिकासँग भने,‘उहाँहरुले त्यसअनुसार छलफल गरेर विहिबार प्रमुख प्रतिपक्षी कांग्रेससँग छलफल गर्ने तय गर्नुभएको छ, सम्भवत सभापति शेरबहादुर देउवासँग विहिबार कुराकानी हुनेछ ।’ छलफलमा नेकपाका तर्फबाट नेम्बाङ र कांग्रेसका तर्फबाट रमेश लेखक पनि सहभागी हुनेछन् ।
संवैधानिक अंगहरुमा छिटो नियुक्ति गर्ने विषयमा ओली र प्रचण्डले १ भदौमा प्रमुख प्रतिपक्षी दलका नेता देउवासँग छलफल गरेका थिए । त्यसबारे पार्टीभित्र पनि छलफल आवश्यक रहेको भन्दै ओलीले पार्टी बैठकबाट धारणा तय गरेपछि अर्को पटक छलफल गरेर टुंग्याउने देउवालाई अवगत गराएका थिए । नेकपाका नेता नेम्बाङले विगतको छलफलको निरन्तरताकै क्रममा सकभर विहिबारै टुंग्याउनेगरी छलफल गर्ने तयारी भइरहेको जानकारी दिए ।
संवैधानिक परिषदमा प्रमुख प्रतिक्षी दलका नेता पनि सदस्य रहने व्यबस्था छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगसहितका कतिपय संवैधानिक अंग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा कांग्रेसले पनि स्थान सुरक्षित गर्ने कोशिस गर्दै आएको छ । ती अंगहरुमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित शीर्ष नेताहरुको चासो पनि सम्बोधन गर्नुपर्ने बाध्यतामा ओली छन् ।
शुक्रवार पेरिसडाँडामा सचिवालय बैठक, तीन एजेन्डा तय
स्थायी कमिटी बैठक सकिएलगत्तै नेकपाले शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बोलाएको छ । पार्टी एकताका काम सक्ने, मन्त्रिपरिषद् पुनगर्ठन र संवैधानिकलगायतका निकायमा नियुक्तिका विषय बैठकका एजेन्डा तय भएका छन् ।
ओली र प्रचण्डबीच बुधवार भएको भेटमा सचिवालय बैठकको मिति र एजेन्डा तय भएका हुन् । स्थायी कमिटी बैठकले सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनगर्ठनको निर्णय लिएको छ । यसबाहेक संवैधानिकलगायतका निकायमा नियुक्तिलाई पनि नेकपाले महत्वका साथ लिएको छ ।
यसबाहेक असोजभित्र पार्टी एकताका काम सक्ने स्थायी कमिटीको निर्णय छ । यी सवै निर्णयलाई व्यवहारिकरुपमै कार्यन्वयन गर्ने गरी सचिवालय बैठक बोलाइएको छ । अहिलेसम्म प्रधानमन्त्री निवास बालुवाटारमै सचिवालय बैठक बस्दै आएकोमा २६ भदौको स्थायी समिति बैठक पार्टी एकतासहित अघि बढेको सन्देश दिन ओली र प्रचण्ड पेरिसडाँडामा बैठक बोलाउन तयार भएका हुन्
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: