काठमाडौँ । लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को फाइनल प्रवेशका लागि आज भिड्ने भएको छ । जमैकाले राति ७ः४५ बजे सीपीएलको शीर्ष स्थानको टोली ट्रिनबागो नाइट राइडर्ससित सेमिफाइनल खेल खेल्नेछ । नाइट राइडर्स समूह चरणको सबै खेलमा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको हो भने जमैका चौथो स्थानमा रहँदै सेमिफाइनलको यात्रा तय गर्न पुगेको हो ।
उक्त खेलमा हालसम्मको खेल प्रदर्शनका आधारमा सन्दीपले जमैकाको तर्फबाट बलिङ गर्न पाउने निश्चित जस्तै छ । उनले समूह चरणका सबै खेलमा बलिङ गर्ने अवसर पाए । सन्दीपले नौ खेलमा १२ विकेट लिइसकेका छन् । शीर्ष स्थानको नाइट राइडर्सका लागि ब्याटिङ फाइनल पुग्ने आधार हो भने जमैकाको बलिङ मजबुत छ । त्यसमा मुख्य गरी जमैका बलिङका लागि सन्दीप र अफगानिस्तानका खेलाडी मुजिबउर रहमान माथि निर्भर रहने छ ।
नाइट राइडर्सले ब्याटिङकै सहारामा सेमिफाइनलसम्मको यात्रा तय गरेको हो । यद्यपि उसको बलिङलाई पनि कम आँक्न मिल्दैन । ब्याटिङमा नाइट राइडर्स डेरेन ब्राभो, लेन्डले सिमोन्स, कलिन मुनरो, कप्तान केरोन पोलार्ड, डिवाने ब्राभो र सुनिल नराइनेमाथि निर्भर रहने छ । कलिन मुनरो र डिवाने ब्राभोले समूह चरणका खेलमा दुई दुई अर्ध शतक प्रहार गर्नुभएको छ । डेरेन, सिमोन्स, पोलार्ड, डिवाने । सुनिलले पनि अर्ध शतक हानिससकेका छन् । डेरेन ब्राभोले समूह चरणका १० खेलमा २३९ रन बनाएका थिए । यस्तै सिमोन्सले नौ खेलमा २१८ रनको योगदान दिएका थिए ।
जमैका भने ब्याटिङका लागि जेरमिन ब्ल्याकउड, आन्द्रे रसेल, ग्लेन फिलिप्समाथि भर पर्ने छ । आन्द्रे रसेलले समूह चरणका १० खेलमा तीन अर्धशतक प्रहार गरेका थिए । यस्तै ब्ल्याकउड र फिलिप्सले एक एक अर्धशतक बनाएका थिए । फिलिप्सले समूह चरणका १० खेलमा जमैकाका लागि ३१४ रनको योगदान दिएका थिए । आन्द्रे रसेलले आठ खेलमा २२० रन बनाएका थिए ।
यसैगरी नाइट राइडर्स जमैकाविरुद्धको सेमिफाइनलमा समूह चरणका खेलमा जस्तै बलिङका लागि फवार्ड अहमद, डिवाने ब्राभो, जेडेन सेल्स, सिकन्दर राजा र खेइरे पियरेमाथि निर्भर रहने छ । फवार्डले समूह चरणका १० खेलमा १०, ब्राभोले ९, सेल्सले ८ तथा सिकन्दर र पियरेले सात सात विकेट लिसकेका छन् ।
यस्तै जमैका भने समूह चरणका खेलमा जस्तै मुख्यतया सन्दीप लामिछाने र मुजिबउर रहमानमाथि भर पर्ने छ । रहमानले हालसम्म सीपीएलमै सर्वाधिक १५ विकेट लिएका छन् । यस्तै सन्दीपले १० खेलमा १२ विकेट लिएका छन् । उनी सीपीएलकै सबैभन्दा किफायती बलर हुन् । यस्तै जमैकाका लागि कार्लोस वर्थह्वाइट र फिडेल इडवार्ड भरपर्दा बलर हुन् । कार्लोसले समूच चरणका १० खेलमा १० तथा इडवार्डले नौ विकेट लिएका थिए ।
समूह चरणका सबै खेलमा अपराजित रहेको नाइट राइडर्सको मनोबल उच्च रहेको छ । उसले समूह चरणका दुवै खेलमा जमैकालाई पराजित गरेको थियो । नाइट राइडर्स आफूलाई उपाधिको प्रमुख दाबेदारका रुपमा प्रस्तुत गरिसकेको छ । यस्तो अवस्थामा जमैकाले फाइनल प्रवेशका लागि यसअघिका खेलहरुमा ब्याटिङमा गरेको गल्ती सुधार गर्नुपर्ने छ अन्यथा उसको उपाधि चुम्ने इच्छा सहजै पूरा हुने देखिँदैन । यद्यपि विगतमा जस्तै सन्दीप र मुजिबउर रहमानले बलिङमार्फत नाइट राइडर्सको पारी ध्वस्त पारेको खण्डमा सीपीएलको उपाधि नजिक पुग्नबाट जमैका पनि टाढा रहने छैन ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: