Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

बङ्गुरपालनमा आकर्षित हुँदै युवा

गण्डकी । कोरोना भाइरसका कारण व्यापार व्यवसाय प्रभावित भएपछि पोखरेली युवा व्यवसायी बङ्गुरपालनमा आकर्षित भएका छन् । युवा व्यवसायीबीच साथ, सहयोग र सहकार्यका लागि’ भन्ने मूल उद्देश्यका साथ एक वर्षअघि स्थापित युथ कम्युनिटी क्लब कास्कीले मित्रता इन्भेष्टमेन्ट कम्पनी मार्फत मित्रता एग्रो प्राली स्थापना गरी पोखरामा बङ्गुरपालन थालेको हो । उनीहरूले पोखरा महानगरपालिका वडा नं ३३ शहरेतरास्थित पिगपार्कमा चार हजार ७६० स्क्वायर फुट क्षेत्रफलमा बङ्गुरपालन शुरु गरेका हुन् ।

क्लब पोखरामा आबद्ध युवा व्यवसायी सम्मिलित भई ८४ लाखको लगानीमा बङ्गुरपालन शुरु गरिएको मित्रता एग्रो प्रालिका निर्देशक जयन्ती मोक्तानले बताए । लामो समयको बन्दाबन्दीका कारण आफूहरुको व्यवसाय नै धरापमा परेका कारण धेरै थोरै रकम संकलन गरी कृषिजन्य वस्तुको उत्पादन र बिक्री वितरणबाट दिगो विकास सम्भव हुने देखेर युवालाई कृषितर्फ उन्मुख गराउन पहिलो चरणमा बङ्गुरपालन शुरु गरिएको मोक्तानले बताए । बिसदेखि ४५ वर्ष उमेर समूहका युवालाई क्लबमा आबद्ध गराई मित्रता एग्रो प्रालीमा शेयर हाल्न सकिने भएकाले कुनै पनि युवाले सानो लगानीमा कृषि कार्यक्रममा सहभागिता जनाउन सक्ने उनको भनाइ छ ।

हाल ११५ जना युवा व्यवसायीबाट बङ्गुरपालन शुरु गरिएको भए तापनि निकट भविष्यमा तरकारी उत्पादन, कृषि, पशुक्षीजन्य सामग्रीको उत्पादन र बिक्री वितरण गर्ने लक्ष्य प्रालीले दिएको निर्देशक मोक्तानले जानकारी दिए ।

युथ कम्युनिटी क्लबले युवालाई स्वदेशमा नै उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने क्बलका अध्यक्ष पूर्ण श्रेष्ठले बताए । क्लब स्थापनाको एक वर्षभित्रै त्यसमा पनि बन्दाबन्दीको समयमा आफूहरुले बङ्गुरपालन शुरुआत गरेको उल्लेख गर्दै उनले आगामी पाँच वर्षभित्रमा कास्कीमा मात्र १० हजार सदस्यता वितरण गर्ने योजना रहेको बताए ।

उनका अनुसार क्लबमा आबद्ध हरेक सदस्यले इन्भेष्टमेन्ट कम्पनीमार्फत सञ्चालनमा आएको एग्रो प्रालिमा शेयर राख्न पाउनेछन् । पोखरामा स्थापित युथ कमिटी क्लबले पाँच वर्षभित्र नेपालको सातवटै प्रदेशमा शाखा विस्तार गरी हरेक प्रदेशमा उत्पादनमुलक क्षेत्रमा लगानी गर्दै जाने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए ।

हाल क्लबमा ३५० जना सदस्य रहेको भए तापनि एग्रोमा भने ११५ जनाले शेयर राखेका छन् । अन्य सदस्यसमेत थपिँदै गइरहेको जाकारी दिँदै क्लबका कोषाध्यक्ष विकास गुरुङले क्लबमा आबद्ध सदस्यले २५ हजारदेखि एक लाख रुपैयाँसम्म शेयरमार्फत लगानी गर्नसक्ने बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies