नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा पर्ने हुलाकी मार्ग जोड्ने दुई वटा पहुँच मार्गको स्तरोन्नति गर्ने कार्य तीव्रगतिमा अघि बढिरहेको छ । प्रदेश नं ५ अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयलले चालु आर्थिक वर्ष २०७७/७८ मा पनि सो सडक स्तरोन्नतिको कामलाई निरन्तरता दिएको हो ।
मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयअन्तर्गत सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत यस जिल्लाको सुनवल तुरिया–पर्सावल–अमरौट–घिनाहा–बकेना सडक र स्थानीय तह पहुँच मार्गअन्तर्गत बासा–तुल्सीनगर–तिलकपुर–खोखरपुरा– पटनी–भिमटाडी सडक स्तरोन्ति कार्यले प्राथमिकता पाएको हो ।
सडकको स्तरोन्नतिको निर्माणाधीन योजनाअन्तर्गत पर्सावल–अमरौट–घिनाहा–बकेना सडकमा हालसम्म करिब साढे पाँच किलोमिटर बाटो कालोपत्र भइसकेको छ । आगामी आर्थिक वर्ष ०७८/०७९ सम्म करिब रु १७ करोड खर्च गर्ने लक्ष्य लिइएको उक्त आयोजनामा हालसम्म करिब रु सात करोड ५० लाख खर्च भइसकेको सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ । यस आयोजनाका लागि चालु आर्थिक वर्ष ०७/०७८ मा प्रदेश सरकारबाट रु पाँच करोड ५० लाख बजेट विनियोजन भएको छ ।
कालोपत्र हुने सडक सुनवल र रामग्राम नगरपालिकाअन्तर्गत पर्दछ । पूर्व–पश्चिम राजमार्गको सुनवलदेखि हुलाकी मार्ग भैरहवा परासी सडकखण्डअन्तर्गत रामग्राम नगरपालिकाको तोनवासम्म कालोपत्र हुने भएपछि स्थानीयवासीलाई सहज हुने अपेक्षा गरिएको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए ।
यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत सरावल गाउँपालिकाअन्तर्गत तिकलपुरको बासा बासही हुँदै गाउँपालिकाको प्रमुख प्रशासनिक भवनसम्म जोड्ने पहुँच मार्ग विस्तारको कार्य पनि जारी छ । बासा–तुल्सीनगर– तिलकपुर–खोखपुर–पटनी–भिमटाडी हँुदै करिब आठ किलोमिटर सडक कालोपत्र विस्तार गर्ने निर्माणाधीन आयोजनामा हालसम्म करिब रु चार करोड खर्च भएको छ । यस आयोजनाका लागि चालु आर्थिक वर्ष ०७७/०७८ मा प्रदेश सरकारबाट रु चार करोड बजेट विनियोजन भएको छ ।
आगामी आव ०७८/०७९ सम्म आयोजनालाई सम्पन्न गर्ने लक्ष्य लिइए पनि यो योजनालाई भारतीय सिमाना जोड्ने गरी विस्तार गर्ने भावी योजना रहेको सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ । सो योजनाबाट जिल्लाको ग्रामीण क्षेत्र सडक पहुँच विस्तारमा टेवा पुग्ने विश्वास लिइएको सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले बताए ।
प्रदेश नं ५ अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयले पश्चिम नवलपरासीको हुलाकी मार्ग जोड्ने यी दुई वटा प्रमुख पहुँच मार्गको स्तरोन्नित कार्यलाई प्राथमिकता दिएपछि यहाँका स्थानीयवासी खुशी भएका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: