Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

आदिवासी जनजातीको माग सम्बोधन नभए संविधानमा हस्ताक्षर गर्दिनँः भोटे

\"Pemba३ साउन, रोल्पा । संविधानको प्रारम्भिक मस्यौदासहित जिल्ला दौडाहमा लागेका विभिन्न अधिकारकर्मी तथा सभासदहरु सुझाव संकलनसँगै आफ्नो अधिकार स्थापित गर्नका लागि दबाबपूर्ण कार्यलाई पनि अगाडि बढाइरहेका छन् । पहिचानसहितको संघीयता तथा संघीय राज्यको नामांकरणको विषय व्यापक बनिरहेको बेला आदिवासी जनजाति महासंघ संघीय परिषद्का महासचिव पेम्बा भोटेले भने आफूहरुले नाममा नभएर अधिकारमा संघर्ष गरिरहेको बताएका छन् । नेकपा एमालेबाट संविधानसभा सदस्यसमेत रहेका महासचिव भोटेले अधिकार सुनिश्चित हुने हो भने मगरात स्वायत्त प्रदेशसमेत छोडिने बताए । आदिवासी जनजाति जिल्ला समन्वय परिषद् रोल्पाले शनिबार लिबाङमा आयोजना गरेको छलफल कार्यक्रममा महासचिव भोटेले नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथि आदिवासी जनजातिको तर्फबाट दिनुपर्ने सुझावको विषयमा बोल्दै यस्तो कुरा बताएका हुन् । उनले नामको पछि नदौडि अधिकारको पक्षमा वकालत गर्न सहभागि रोल्पालीहरुलाई सुझाव दिए । महासचिव भोटेले आदिवासी जनजातिले उठाएका मुद्दा राज्यले गलत पनि भन्न नसकेको र सम्बोधन पनि गर्न नसकेकोप्रति आक्रोश पोखे । उनले आदिवासी जनजाति सभासद्ले संविधान सभामा राखेको ५३ बुँदे फरक मतको विषयमा सके जति वकालत गर्न र त्यसमै केन्द्रित भएर संविधानको मस्यौदामा सुझाव दिन आग्रह गरे । उनले जिल्लाबाट लिखित र मौखिक हस्ताक्षर सहित आफ्ना मागहरु बुझाउन आग्रह गरे । संविधान सभाका सभासद् समेत रहेका भोटेले संविधानसभामा नेकपा एमालेको तर्फबाट प्रतिनिधित्व गरे पनि आफूलाई एमालेको आदिवासी जनजाति नीति पटक्कै मन नपरेको बताए । ‘म एमाले कार्यकर्ता हुँ, तर मलाई एमालेको आदिवासी जनजाति नीति मन परेको छैन ।’ अबको संविधानमा आदिवासी जनजातिको माग सम्बोधन नभए त्यो संविधान पारित गर्ने पक्षमा आफूले सही नै नगर्ने समेत उद्घोष गरे । संविधान सभाका १ सय ९१ आदिवासी जनजाति सभासद् भए पनि दलको चेपुवामा परेको स्वीकार गरे । सभासद्हरु आफूले खाईपाई आएको सुविधा र पद खोसिने डरले जातीय मुद्दामा एक हुन नसकेको उनले ठोकुवा गरे । ‘देखाउनकै लागि नाम मात्रको मगरात स्वायत्त प्रदेश छोडौं’ भोटले भने ‘नाममा मगरात तर हालीमुहाली अरुकै हुने हो भने त्यस्तो स्वायत्त प्रदेश आदिवासी जनजातिलाई चाहिएको छैन ।’ विभिन्न जनजाति संघसंस्थामा क्रियाशील व्यक्तित्वहरुको सहभागितामा गरिएको छलफल कार्यक्रममा सहभागिहरुले जनजाति अगुवाहरु राजनीतिक स्वार्थमा अल्झिँदा आदिवासी जनजातिका मुद्दाहरु अलपत्र परेको बताएका थिए । ‘तपार्इंहरु राजनीतिभन्दा माथि उठेर अगुवाइमा लाग्नुस्’ सहभागिले भने ‘त्यसको लागि रोल्पाली सदैव काँध थाप्न तयार छ ।’ आन्दोलन अगाडि सार्दा विकल्प पनि खोज्नुपर्ने सुझाव समेत सहभागिहरुले दिए । आन्दोलनको ठूलाठूला नारा अगाडि सारे पनि अन्ततः कुनै टुंगो विना सेलाउने गरेकोमा रोल्पालीले गुनासो समेत गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending