सप्तरी । श्रीमतीलाई मट्टितेल खन्याई आगो लगाएर हत्या गर्न खोज्ने एक युवकलाई आज अदालतले पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको छ । जिल्ला अदालतको आदेशमा आरोपित सुरुङ्गा नगरपालिका–१ लक्ष्मीपुरका २५ वर्षीय दिपेन भनिने दिपेन्द्र सदालाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाइएको छ ।
श्रीमानलाई अदालतले कारागार पठाएकै बेला घरमा मृत्यु पर्खेर बसेकी घाइते २१ वर्षीया बसन्तीदेवी सदालाई समग्र जनउत्थान केन्द्रका मनोविमर्शकर्ता रेणु कर्ण र कविता चौधरीले उद्धार गरी अस्पताल भर्ना गराएका छन् । गत साउन ७ गते बिहानै मदिरा खाएर मातिएका दिपेनले कुटपिट गरी शरीरमा मट्टितेल खन्याई आगो लगाएर घाइते बनेकी पीडित खर्च अभावमा घरमै बसेकी थिइन् । आरोपित श्रीमान भने घटना लगत्तै पक्राउ परे ।
आगो लगाएको घटना थाहा पाएर छिमेकीले आगो निभाए पनि बसन्तीको छातिदेखि तलको अधिकांश भाग जलेको रामकुमार शारदा उमाप्रसाद मुरारका लहान अस्पतालका डाक्टर सुनिल कुशवाहाले जानकारी दिए। घाइतेका बुवाले तत्कालै इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएपछि आरोपित पक्राउ परेका हुन् । घरदेखि पीडितको माइत दुई किलोमिटरको दुरीमा छ ।
आगो लगाएर ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गरेको प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला अदालतमा पेश गरेकामा आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केशरीले बताए ।
“आपसी विवादका कारण भारतबाट आएको दोस्रो दिन नै श्रीमानले श्रीमतीलाई आगो लगाएको देखिन्छ”, प्रहरी निरीक्षक केशरीले भन्नुभयो, “घाइतेका बुवाले आगो लगाएको भनेर किटानी जाहेरी दिए पनि शुरुमा घाइतेले आफै जलेको भनेर कुरा लुकाउन खोजेकी थिइन् तर घरपरिवार र गाउँलेको दबाबमा आरोपित श्रीमानलाई जोगाउन खोजेकी रहिछिन् ।”
घटना भएलगत्तै प्रहरीले उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरेको प्रहरी निरीक्षक केशरीले जानकारी दिए । सो अस्पतालले रेफर गरेपछि नोबेल अस्पताल विराटनगर पु¥याइएकी घाइतेलाई नोबल अस्पतालले भर्ना लिन नमानेपछि पुनः फर्किएर राजविराज आएको घाइतेका ससुरा हरी सदाले बताए ।
खर्च अभावमा औषधी उपचार नै नगराइ घाइतेलाई घरमै राखेको अवस्थामा जानकारी पाएपछि घर नै पुगेर मनोविमर्श गरी लहानस्थित अस्पताल ल्याएको मनोविमर्शकर्ता रेणुले बताए। लहान अस्पतालले पनि उपचारका लागि उपयुक्त स्थान काठमाडौँ वा धरान लैजान सुझाए पनि केन्द्रको आग्रहमा केही दिनका लागि प्राथमिक उपचार गर्न तयार भएको समग्र जनउत्थान केन्द्रका निर्देशक देवराज पोखरेलले बताए ।
केन्द्रले लहानमै उपचार सम्भव ठानेर उद्धार गरी लहान अस्पताल भर्ना गरे पनि उपचारमा संलग्न डा रोहित साहले शरिरको ५५ देखि ६० प्रतिशत भाग जलेका कारण विशेष उपचार आवश्यक हुँदा काठमाडौं लैजानुपर्ने बताएका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: