केन्द्रीय कारागारका सयभन्दा बढी महिला एकै पटक बिरामी, तर परीक्षणको पहल नै भएन
काठमाडौं । देशका विभिन्न कारागारका ५४ जनामा कोरोना संक्रमण देखिएको छ, फैलिने क्रम बढ्दो छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - सुन्धारास्थित केन्द्रीय कारागारको महिला सेलमा सयभन्दा धेरैमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ । एकैपटक त्यति धेरैमा रुघा, खोकी र ज्वरो देखिएपछि जेलभित्र त्रास छ । तैपनि सरकारले परीक्षणका लागि चासो देखाएको छैन ।
कैदीबन्दीहरूले परीक्षणको माग गरे पनि स्वाब संकलन हुन सकेको छैन । जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले केहीलाई औषधिले निको भएकाले मौसमी रुघाखोकीको आशंका गरिएको बताए । ‘करिब एक सयजनामा रुखा, खोकी र ज्वरो आएको भन्ने छ,’ उनले भने, ‘केहीलाई औषधिले निको भएकाले मौसमी रुघाखोकी भएको आशंका गरिएको छ, केहीको परीक्षण पनि भइरहेको छ ।’
गत साता एक जनामा संक्रमण देखिएपछि केन्द्रीय कारागारको अस्पतालका स्वास्थ्यकर्मी, प्रहरी तथा त्यहाँ रहेका अन्य कैदीबन्दीको परीक्षण गरिएको थियो । जसमा थप एकजनामा संक्रमण देखिएको र अरूको रिपोर्ट नेगेटिभ आएको छ ।
गत शनिबार सिन्धुलीबाट उपचारका लागि केन्द्रीय कारागार ल्याइएका कैदीमा संक्रमण देखिएको थियो । यो शनिबार जेलकै अस्पतालमा उपचाररत एक महिला कैदीमा संक्रमण देखिएको बाँस्कोटाले बताए । दुवै जना क्वारेन्टिनमा बस्दै आएकाले उनीहरूको अरूसँग घुलमिल नरहेको उनको भनाइ छ ।
त्यस्तै, पर्सा कारागारका जेलरसहित ३२ जनामा संक्रमण देखिएको छ । यहाँ करिब एक हजार दुई सय थुनुवा छन् । संक्रमितमध्ये चारजना आइसोलेसनमा छन्, अरू डिस्चार्ज भइसकेका छन् । जेलरलाई समेत संक्रमण भएकोमा शनिबार डिस्चार्ज भएका छन् ।
बाँके कारागारका सात जना कैदीबन्दीलाई संक्रमण भएकोमा सबै निको भइसकेको कारागार व्यवस्थापन विभागले जनाएको छ । त्यस्तै, सिराहामा ६ जना संक्रमित भएका छन् । सुनसरीको झुम्का कारागारमा पनि ६ जनामा संक्रमण देखिएको छ । त्यस्तै स्याङ्जामा एक कैदीमा संक्रमण देखिएको छ ।
संक्रमण नियन्त्रणका लागि लकडाउन सुरु भएदेखि नै कारागारहरूमा भेटघाट बन्द गरिएको छ । तर, कैदीबन्दीलाई अस्पताल र अदालत लगिरहनुपर्ने भएकाले संक्रमणको जोखिम भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले बताए । ‘पर्सामा अदालत र अस्पताल लगिएका कैदीबन्दीमा संक्रमण देखिएको छ,’ उनले भने, ‘यसरी बाहिर लगिएकाहरूलाई अनिवार्य आइसोलेसनमा राख्न भनेका छौँ ।’
नयाँ कैदीबन्दीलाई जेलभित्रै क्वारेन्टिनमा राख्ने र परीक्षण गरेर मात्र अरूसँग राख्ने गरिएको छ । संक्रमण सुरु भएयता जेल सरुवा पनि रोकिएको छ । संक्रमणको जोखिम भएपछि कैदीहरूलाई ब्लकमा राखिएको र एक ब्लकबाट अर्काेमा जान रोक लगाइएको विभागले जनाएको छ ।
हाल देशभरिका जेलमा करिब २३ हजार कैदीबन्दी छन् । जसमध्ये ४१ प्रतिशत मुद्दा फैसला भइनसकेका बन्दीहरू छन् । सबैभन्दा धेरै सुन्धारास्थित केन्द्रीय कारागारमा ३१ सय कैदीबन्दी छन् ।
देशभरिका कारागारमा क्षमताभन्दा करिब दोब्बर कैदीबन्दी भएकाले पनि कोचिएर बस्नु परेकाले संक्रमण छिट्टै फैलने जोखिम बढेको हो । जेलमा संक्रमण बढेपछि कैदीबन्दीका आफन्तले समेत चिन्ता बढेको बताएका छन् । कारागारमा सामूहिक मेस र बसोवास हुने भएकाले एकैजनाबाट धेरैलाई संक्रमण फैलने जोखिम छ ।
कोरोना समस्या सुरु भएपछि महान्यायाधिवक्ता कार्यालयले एक वर्षसम्म मात्र कैद सजाय भएका कैदीहरूलाई धरौटी राखेर छुट्ने मौका दिने निर्णय गरेको थियो । जसअनुसार दुई सय १९ जना छुटेका छन् । त्यस्तै सुधारगृहमा रहेका दुई सय २८ जना नाबालकलाई पनि यो अवधिमा छाडिएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: