Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

सड्यो राहतको औषधि, नष्ट गर्न सकस

२ साउन, काठमाडौं । गोरखाका भूकम्पपीडितका लागि विभिन्न सङ्घसंस्थाले जिल्लामा ल्याएका औषधिको म्याद गुर्जेको भेटिएको छ । जीवन जल,घाउमा लगाउने बेटाजिन सोलुसन,एमोक्सिलिन इन्टिवायोटिक,मेट्रोडाजोन र नसा र स्नायु रोगसम्बन्धी औषधिको म्याद सकिएको हो । टेन्टभित्र भण्डारण गरिराखेको सात सय प्याकेट औषधिको म्याद दुई महिनाअघि नै सकिएको हो । एक महिना म्याद बाँकी भएका औषधि भूकम्पपीडितका लागि प्रयोग गर्न वैशाखमा जिल्ला भित्र्याइएको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाले म्याद जुर्गेका औषधि टेन्टभित्र भण्डारण गरिराखेको हो । ती औषधि नष्ट गर्न समस्या भएको रेडक्रसका जिल्ला सभापति यदुविलास भट्टराईले बताए । पहिले निर्माण व्यवसायी सङ्घको हलमा भण्डारण गरेको औषधि अहिले टेन्टभित्र राखिएको हो । कारितास नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई सङ्घले हल भाडामा दिएपछि रेडक्रसले टेन्टभित्र औषधि राखेको छ । “अधिकांश औषधिको म्याद सकिएको छ” सभापति भट्टराईले भने – “म्याद सकिएका सबै औषधि अब नष्ट गरिन्छ ।” पटना रेडक्रसले पर्सा रेडक्रससँग समन्वय गरी गोरखामा औषधि ल्याएको थियो । प्रयोगविहीन भएपछि ती औषधि सडेको हो । म्याद सकिनै लागेका औषधि आएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयले वैशाख दोस्रो साता औषधि नझार्न रेडक्रसलाई सुझाव दिएको थियो । तर, रेडक्रसले औषधि झारेर भण्डारण गरेको थियो । “कुनै औषधि एक महिना, कुनै दुई महिना, कुनै तीन महिनामात्रै म्याद बाँकी रहेको थियो” जनस्वास्थ्य प्रमुख महेन्द्रध्वज अधिकारीले भने – “म्याद सकिन लागेका औषधि नष्ट गर्नमात्रै हैरानी हुन्छ भनेर हामीले लिएनौँ । रेडक्रसले भण्डारण गरेछ ।” म्याद सकिएका ती औषधि कहाँ नष्ट गर्ने, कसरी गर्ने रु भन्नेबारे तनाव भएको उनको भनाइ छ । जिल्ला दैवी प्रकोप उद्धार समिति गोरखाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले सडेका औषधि नष्ट गरिने बताउनुभयो । “औषधि नष्ट गर्नुपर्ने छ” उहाँले भन्नुभयो– “कसले, कहिले, कसरी नष्ट गर्नेभन्नेबारे हामी टुङ्गो लगाउँछौँ ।” रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending