Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

आज यात्रु तथा कार्गोका लागि ६ अन्तर्राष्ट्रिय उडान भए

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज यात्रु तथा कार्गो गरी जम्मा ६ अन्तर्राष्ट्रिय उडान भएका छन् । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले यात्रु तथा उद्धार उडान गरेका हुन् । हिमालय एयरलाइन्सले ढाकाबाट २४ यात्रु ल्याएको छ । सो एयरलाइन्सले काठमाडौँबाट ढाकाका लागि १२३ यात्रु लगेको थियो । नेपाल एयरलाइन्सले चीनको कुनमिङबाट २२ हजार ७६७ केजी कार्गो ल्याएको छ । सोही एयरलान्सको जहाज आजै सुडान प्रस्थान गरेको छ । यात्रु वा कार्गो ल्याउने खुलाइएको छैन ।

त्यस्तै लनमेइ एयरलाइन्सले कम्बोडियाबाट १५ हजार ४५३ केजी कार्गो नेपाल ल्याएको छ भने यहाँबाट १० हजार ९६० केजी कार्गो कम्बोडिया लगेको छ । श्रीलंकन एयरलाइन्सले कोलम्बोबाट १७ हजार ५५५ केजी कार्गो नेपाल ल्याएको छ । फर्किदा २१ हजार ३३ केजी कार्गो लगेको छ । कतार एयरवेजले दोहाबाट आठ हजार १८३ केजी कार्गो नेपाल ल्यायाएको छ ।

शुक्रबारका लागि जम्मा दुई अन्तर्राष्टिय उडान हुनेछन् । नेपाल एयरलाइन्स सुडानबाट राति ८ः४५बजे काठमाडौँ आइपुग्नेछ । कतार एयरवेज अपरान्ह काठमाडौँ विमानस्थलमा अवतरण गर्ने विमानस्थल कार्यालयको तालिका रहेको छ । आज आन्तरिकतर्फ तारा, समिट, मनाङ, कैलाश हेली एयर, एयर डाइनेष्टीले विभिन्न गन्तब्यमा आठ उडान गरेका छन् । सरकारले विदेशबाट फर्कने नेपालीलाई व्यवस्थापन गर्न क्वारेन्टिनको व्यवस्था नभएको भन्दै उद्धार उडान अनिश्चितकालका लागि स्थगित गरेको छ । भदौँ १ देखि १५ सम्म उद्धार उडान गर्ने कार्यतालिका बनाइएपनि धमाधम एयरलाइन्सले ती उडान तालिका रद्द गरेका थिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending