Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

कोभिड–१९ फोटो प्रतियोगिताको उपाधी चौधरीलाई

काठमाडौँ । कैलालीका फोटो पत्रकार झग्गुप्रसाद चौधरीले ‘कोभिड–१९ फोटो प्रतियोगिता’ मा प्रथम भएका छन् ।

फोटो पसलले १८१ औँ विश्व फोटोग्राफी दिवसका अवसर पारेर बुधबार आयोजना गरेको प्रतियोगितामा फोटो पत्रकार चौधरी प्रथम भएका हुन् ।

कोभिड–१९ को असर र डरत्रासको बीचमा वितेको दैनिकी तथा कोरोनाबाट बच्न अपनाउन सकिने उपाय एंव असरबारे देशभरिबाट आएका फोटोहरुमध्ये उत्कृष्ठलाई विजेताको लागि छनोट गरिएको थियो । यस्तै, फोटो पत्रकार रविन कार्की दोस्रो र राधिका कँडेल तेस्रो भएका छन् । तृतीय कँडेल राष्ट्रिय समाचार समिति (रासस) पोखरामा कार्यरत छन् ।

देशभरबाट सङ्कलन भएका झण्डै दुई हजार फोटोबाट प्रथम, द्वितीय र तृतीय फोटो छनोट गरिएको हो । कोरोना माहामारीको सङ्क्रमणलाई ध्यानदिँदै भर्चुअल कार्यक्रममार्फत प्रतियोगिताको विजेता घोषणा गरिएको फोटो पसल प्रालिका अध्यक्ष योगेन्द्रजङ्ग बस्नेतले जानकारी दिए ।

फोटो छनोटका लागि वरिष्ठ फोटो पत्रकार विकास रौनियार, नरेश श्रेष्ठ र मधुसुदन पौडेल रहेको तीन सदस्यीय समिति गठन गरिएको थियो । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु २५ हजार, द्वितीयलाई नगद रु १० हजार तथा तृतीयलाई नगद रु पाँच हजार प्रदान गरिएको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: