Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

गैडा संरक्षणमा उल्लेख्य उपलब्धि : ‘आव ०७१/७२ शून्य चोरी सिकार’

२, साउन रत्ननगर (चितवन) । चितवनमा गएको एक वर्षमा कुनै पनि गैंडा चोरी सिकारबाट नमारिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी एवम् सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले आव २०७१/७२ मा निकुञ्ज र जिल्ला वन क्षेत्रमा कुनै पनि गैँडाको चोरी सिकार नभएको जानकारी दिए । वन्यजन्तु संरक्षणमा जनस्तरमा चेतना अभिवृद्धि भएको र वन्यजन्तुको चोरी सिकार तथा अवैध व्यापार नियन्त्रणमा प्रभावकारी कार्य सम्पादन भएकाले संरक्षण कार्य सफल भएको निकुञ्जको निष्कर्ष छ । विसं २०७१ साउन १ गतेदेखि २०७२ असार मसान्तसम्म आव २०७१/७२ को एक वर्षकोे अवधिमा चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्र तथा जिल्ला वन कार्यालयको क्षेत्र गैँडाको सिकार भएको छैन । यो समयमा गैँडालगायतका वन्यजन्तु तथा वन पैदावारसम्बन्धी चोरी सिकार/निकासी तथा अवैध व्यापारमा संलग्न ७३९ जनाभन्दा बढी अभियुक्त पक्राउ गरिएको समेत निकुञ्ज्ले जनाएको छ । अझै १०० जति फरारको सूचीमा रहेको पौडेलले बताउनुभयो । यसअघि तीन पटक निकुञ्जले शून्य चोरी सिकार वर्ष मनाइ सकिएको छ । हाल आएर २०७१ वैशाख २० गतेदेखि २०७२ असार मसान्तसम्म ४३५ दिनसम्म चौथो शून्य चोरी सिकार मनाउन सफल भएको निकुञ्जले जनाएको छ । हाल विश्वमा करिब तीन हजारको सङ्ख्यामा रहेको एकसिङ्गे गैँडा नेपाल र भारतको सीमित निकुञ्ज/आरक्ष र वरिपरिको क्षेत्रमा मात्र पाइन्छ । नेपालको चितवन राष्ट्रिय निकुञ्ज र भारतको काजिरङ्गा राष्ट्रिय निकुञ्ज गैँडाको मुख्य वासस्थान हो । सन् २०१५ को गणनाबाट यस निकुञ्जमा गैँडाको सङ्ख्या ६०५ रहेको छ । चोरी सिकार नियन्त्रणका लागि निकुञ्ज कार्यालयमा चोरी सिकार प्रतिरोध एकाइ स्थापना गरी सुराकी परिचालन, सुराक सङ्कलन गर्न कार्य गरिएको निकुञ्जले जनाएको छ । चोरी सिकारमा संलग्न व्यक्तिको पहिचान गरी कानुन कार्यान्वयन गर्ने निकायको समन्वय र सहयोगमा पक्राउ गरेर कानुनी दायरामा ल्याई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम दण्ड सजाय गरिँदै आएको छ । यो सफलता हासिल गर्न निकुञ्जमा ५३ वटा स्थायी पोस्ट संयुक्तरुपमा तैनाथ हुँदै आएकामा हालका दिनमा १०२ वटा पोस्टमा सुरक्षा तैनाथ गरिएको पौडेलले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending