दिल्ली । भारतले कोरोनाभाइरस महामारीको नियन्त्रणका लागि आवश्यक सबै उपायलाई अवलम्बन गरिरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बताएका छन् ।
सङ्क्रमणका कारण अन्य विश्व समुदायको जस्तै भारतको पनि अर्थतन्त्रमा प्रभाव परेको भन्दै महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्न सरकारले पूर्वाधार योजनाहरुमा १.४६ ट्रिलियन अमेरिकी डलरको घोषणा गरेको उनले बताए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले भने, “भारतले महामारीबाट सिकेको मुख्य पाठ भनेको उत्पादन र विकासमा आत्मनिर्भर बन्ने र अन्तर्राष्ट्रिय कम्पनीहरूका लागि प्रमुख आपूर्तिको गन्तव्य बनाउने हो ।”
“कोरोनाभाइरस महामारी एक ठूलो सङ्कट हो, तर यसले भारतको आर्थिक प्रगति रोक्न सक्दैन,” मोदीले बेलायती शासनबाट भारत स्वतन्त्रता पाएको दिन १७ औं शताब्दीको मुगल युगमा निर्माण गरिएको लाल किल्लामा सम्बोधनका क्रममा बताए।
कोरोना भाइरस नियन्त्रण तथा खोप निर्माणबारे भारतले लिएको अग्रसरताबारे बोल्दै उनले भने, “भारतमा तीन खोपहरू विभिन्न चरणमा परीक्षणको प्रक्रियामा छन् र वैज्ञानिकहरूले ‘ग्रिन सिग्नल’ दिने बित्तिकै विशाल उत्पादन शुरू हुनेछ । खोपको ठूला उत्पादनका लागि विस्तृत योजनाहरू बनाइएको बताउँदै यसबाट प्रत्येक भारतीयलाई खाृपको सहज पहुँच गराइनेछ ।”
भारतले २५ लाख भन्दा बढी भाइरसको पुष्टि गरेको छ, अमेरिका र ब्राजिल पछाडि तेस्रो धेरै सङ्क्रमित रहेको भारत मृत्युको सङ्ख्याका आधारमा संसारमा चौथो बढी प्रावित मुलुक हो । भारतमा हालसम्म ४९ हजार सङ्क्रमितको मृत्यु भएको छ ।
एक राष्ट्रिय डिजिटल स्वास्थ्य योजनाको पनि घोषणा गर्दै प्रत्येक भारतीयले स्वास्थ्यसम्बन्धी सबै जानकारीसहित एक परिचय पत्र प्राप्त गर्ने भारतीय प्रधानमन्त्री मोदीले बताए ।
यस वर्षको स्वतन्त्रता दिवसका अवसरमा गरिँदै आएका कार्यक्रमहरूलाई महामारीको कारण व्यापक मात्रामा घटाइएको थियो । उक्त कार्यक्रममा २०,००० पाहुना बोलाइने पूर्व कार्यक्रम तय भएको भएपनि प्रचलन रहेपनि को महामारीका कारणस मात्रै चार हजार पाहुनालाई आमन्त्रित गरिएको सरकारी स्रोतले बताएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२० मा भारतीय अर्थतन्त्रमा ४.५ प्रतिशतको संकुचन प्रक्षेपण गरेको छ, जुन भारतीय इतिहासमा निकै खराब अवस्था हो । तर प्रधानमन्त्रीले सन् २०२१ मा देशको अर्थतन्त्रमा उछाल आउने अपेक्षा गरिएको बताए ।
महामारीको आर्थिक प्रभावलाई हटाउन सरकारले सात हजार पूर्वाधार परियोजनाहरू पहिचान गरेको प्रधानमन्त्री मोदीले बताए ।
“सबै पूर्वाधार समग्र, एकीकृत र एक अर्कासँग जोडिएको हुनुपर्दछ । बहु–आयामिक सम्वद्धता पूर्वाधार अगाडि जाने बाटो हो,” उनले भने । भारतमा गत वर्ष प्रत्यक्ष विदेशी लगानी १८ प्रतिशतले वृद्धि भएको थियो भन्दै मोदीले यसबाट अन्तर्राष्ट्रिय कम्पनीहरूले भारतमा लगानी गर्न चाहेको स्पष्ट सङ्केत मिल्छ ।
“आतंकवाद वा अन्य विवादित विषयमा भारतले चुनौतीहरूको साथ साहसपूर्वक संघर्ष गरिरहेको छ,” मोदीले छिमेकी देशहरूसँगको सिमानामा हुने गरेका तनावका सन्दर्भमा भने ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: