काठमाडौं। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीतर्फका गरी बुधबारसम्म ६ सय ९४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।
आजको राजधानी दैनिकमा खबर छ - सुरक्षा अंगमा धमाधम संक्रमणको गति बढ्दै गएपछि सबै सुरक्षा निकायले उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गर्न थलेका छन् ।
यसैगरी, सबै सुरक्षा निकायले आफ्ना अंगका सुरक्षाकर्मीका लागि उपलब्ध गराउँदै आएको सबै किसिमका बिदासमेत बन्द गरेका छन् । बिदाबाट फर्केकाहरूलाई समेत सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ भने बिदाबाट फर्केका सुरक्षाकर्मीलाई धमाधम परीक्षणसमेत गराइएको छ ।
संक्रमणबाट बच्न प्रहरी प्रधान कार्यालयले तालिम केन्द्रहरूले दिने गरेको डे, नाइट तथा घन्टे आउटजस्ता बिदासमेत कटौती गर्न निर्देशन दिएको छ ।
यसैगरी, प्रहरी प्रधान कार्यालयले प्रदेश प्रमुख, संघीय प्रहरी इकाइ, जिल्ला प्रमुखलगायत प्रमुखको जिम्मेवारीमा रहेका प्रहरी अधिकारीलाई अति आवश्यकबाहेकका अवस्थामा ब्यारेक छाडेर बाहिर ननिस्कन र बिदा नबस्न भनेको छ ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार नेपाल प्रहरीतर्फ बुधबारसम्म २ सय ८५ जनामा संक्रमण पुिष्ट भइसकेको छ ।
संक्रमण देखिएका प्रहरीहरूको काठमाडौंमा सशस्त्र प्रहरी अस्पताल बलम्बु, कोभिड अस्पताल भक्तपुर र कीर्तिपुरमा रहेको कोभिड अस्पतालमा उपचार भइरहेको छ । यसैगरी, उपत्यका बाहिर रहेका कोभिड अस्पतालहरूमा समेत संक्रमित प्रहरीको उपचार भइरहेको छ ।
नेपाल प्रहरीतर्फ उपचारपछि १ सय ६५ जना निको भएर नियमित काममा फर्किएको प्रवक्ता कडायतले जानकारी दिए । अन्य १ सय २० जना संक्रमित भने उपचाररत छन् ।
यसैगरी, सशस्त्र प्रहरीतर्फ बुधबार साँझसम्म १ सय ८५ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये ६७ जनाको हाल विभिन्न कोभिड अस्पतालमा उपचार जारी छ । अन्य ११९ जना भने उपचारपछि निको भएर नियमित काममा फर्किएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालले जानकारी दिए ।
सशस्त्र प्रहरीतर्फका कोरोना संक्रमितको काठमाडौंको बलम्बुस्थित आफ्नै अस्पतालमा उपचार भइरहेको छ भने उपत्यका बाहिर बिपी कोइराला अध्ययन प्रष्ठिान धरान, मेची अस्पताल, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँसहितका कोभिड अस्पतालमा उपचार जारी छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता अर्यालका अनुसार सुरुमा सीमा सुरक्षा तथा क्वारेन्टाइन सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा संक्रमण देखिएको थियो । त्यसपछि सशस्त्रका ब्यारेकभित्र समेत संक्रमण फैलँदै गएको छ ।
यस्तै, नेपाली सेनातर्फ बुधबार साँझसम्म २ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ७८ जना उपचारपछि निको भइसकेका छन् भने १ सय ४६ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार जारी छ । सेनातर्फ मंगलबार दाङमा एकै पटक २९ जनामा संक्रमण पुष्टि भएको थियो ।
सेनामा भने क्वारेन्टाइन केन्द्रहरूको व्यवस्थापन, नेपाल-भारत सीमाका २० वटा नाकामा भारतबाट आउने नेपालीहरूलाई विश्राम गराउने होल्डिङ सेन्टरको व्यवस्थापन, तेस्रा मुलुकबाट ल्याइएका नेपालीलाई होल्डिङ सेन्टरसम्म लैजाने, विदेशबाट आएकाहरूलाई सम्बन्धित प्रदेशमा पठाउने र कोरोना भाइरस संक्रमितको शव व्यवस्थापन गर्ने कामबाट नेपाली सेनामा संक्रमण सरेको सेनाको दाबी छ । अहिले सेनाको ब्यारेकभित्र समेत संक्रमण देखिन थालेको छ ।
सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले संक्रमणको गति बढ्दै गएपछि सेनाका बाहिरी सबै कार्यक्रम रद्द गरिएको जानकारी दिए । यसैगरी, शोक परेकालाई बाहेक सेनातर्फ उपलब्ध गराइँदै आइएको सबै किसिमका बिदासमेत बन्द गरिएको सैनिक प्रवक्ता पाण्डेले जानकारी दिए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: