चितवन । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जिल्लामा रातको समयमा हिँडडुलमा रोक लगाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मङ्गलबारबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो ।
बैठकले रातको समयमा सवारी साधन र मानिसहरुको पैदल आवागमनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार राजनीतिक दल सङ्घसंस्थालगायत सबैले २५ जनाभन्दा बढी मानिस भेला भएर गरिने बैठक, आमसभा, साधारणसभालगायतका कार्यमा रोक लगाइएको छ ।
चियापसलमा बसेर चिया खाने प्रवृत्तिलाई निरुत्साहित गर्ने र खाजाघर तथा राजमार्ग क्षेत्रका पसललाई प्याकेटमा खाना खाजा प्याक गरी प्रदान गरिने ‘टेक अवे’ सेवा सञ्चालन गर्ने, राति ९ बजेपछि बिहान ५ बजेसम्म सेवाग्राहीलाई दिने सेवा बन्द गर्ने निर्णय भएको छ ।
अन्य जिल्ला तथा छिमेकी मुलुकबाट अनुमतिबिना जिल्लामा प्रवेश गर्न सक्ने मानिसका कारण कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेको देखिएको बैठकको निष्कर्ष छ । त्यसरी प्रवेश गर्न नदिन जिल्ला प्रवेश गर्ने नाकाहरुमा हुने गरेको जाँचलाई थप प्रभावकारी बनाई निरन्तरता दिने र विदेशबाट आउने नेपालीलाई होल्डिङ सेन्टरमार्फत सम्बन्धित स्थानीय तहसँग समन्वय गरी क्वारेन्टिनमा पुर्याउने व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले आफ्नो क्षेत्रमा मानिसले मास्क लगाए नलगाएको, सार्वजनिक स्थानमा भौतिक दूरी कायम गरे नगरेको, बैंक तथा वित्तीय संस्था, चिया पसल, होटल, सार्वजनिक यातायात, व्यापारिक मल, सरकारी कार्यालयमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरे नगरेको कडाइका साथ अनुगमन गर्ने निर्णय गरेको छ । यी सँगै उद्योग तथा व्यापारिक प्रतिष्ठानहरुमा बाहिरबाट कामदार ल्याए÷नल्याएको र कामदारहरुको स्वास्थ्य सुरक्षामा उचित ध्यान दिए नदिएको अनुमगन गर्न स्थानीय तहमा सम्बन्धित वडाका वडाध्यक्षको संयोजकत्वमा प्रहरीको समेत सहभागिता रहने गरी अनुमगन समिति बनाई अनुगमन गर्ने निर्णय गरिएको प्रजिअ भट्टराईले जानकारी दिए।
यसैगरी साविकदेखि नै व्यवस्थापन हुँदै आएका सार्वजनिक क्वारेन्टिनहरुलाई थप व्यवस्थित बनाउने निर्णय गर्दै सार्वजनिक क्वारेन्टिनमा बस्न नसक्ने बिरामी, ज्येष्ठ नागरिक, पाँच वर्षमुनिका बालबालिका र अशक्त व्यक्तिलाई मात्र घरमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न सक्ने अवस्था भएको सुनिश्चित गरी होम क्वारेन्टिनमा राख्न दिइने भएको छ ।
बैठकले जिल्ला स्वास्थ्य कार्यालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र स्वाव सङ्कलन गर्ने, कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय रेडियोबाट सूचना सम्प्रेषण, माइकिङलगायतका कार्य गरी जनचेतना अभिवृद्धि गर्ने निर्णय गरेको छ । सबै उद्योग तथा व्यापारिक प्रतिष्ठानहरुलाई अर्को सूचना नभएसम्मका लागि स्थानीय तह र प्रशासन कार्यालयको पूर्वस्वीकृति बिना बाहिरबाट कामदार नल्याउन, हाल कार्यरत रहेका अन्य जिल्ला र छिमेकी मुलुकका कामदारहरुको यथार्थ विवरण फरक नपर्ने गरी तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा अनिवार्यरूपमा पेश गर्न निर्देशन दिने निर्णय गरेको प्रजिअ भट्टराईले जानकारी दिए।
कोभिड–१९ को सङ्क्रमण देखा परेका स्थानहरुमा तत्काल कन्ट्याक्ट ट्रेसिङ र समुदायस्तरमा पिसिआर परीक्षण वढाउने निर्णय गरिएको छ । आम नागरिकमा कोभिडङ१९ बाट बच्न अपनाउनु पर्ने मास्कको प्रयोग, सामाजिक दूरी र जथाभावी हिडडुल रोक्न जनचेतना जगाउने निर्णय भएको उनले बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: