Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

सुप्रसिद्ध समाजसेवीलाई जन्मदिनको ‘उपहार’ कोरोना

काभ्रे । प्रत्येक बर्ष धुमधामसँग जन्मदिन मनाएर समाजमा उत्कृष्ठ काम गर्ने व्यक्ति तथा संघसंस्थाहरुलाई आफ्नै पारिवारिक प्रतिष्ठानबाट सम्मान गर्दै आएका धुलिखेल वडा–७ का ९२ बर्षका बृद्ध समाजसेवी यसबर्ष जन्मदिनकै दिन कोरोना संक्रमित भएपछि धुलिखेल अस्पतालको आईसोलेसनमा राखी उपचार गराइँदैछ ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ - उनी धुलिखेल बिकासका लागि अहोरात्र खटिने व्यक्ति भएकै कारण समाजका हरेक व्यक्तिले उनको सम्मान र सत्कार गर्नु स्वभाविकै हो । सोमबार धुलिखेल अस्पतालमा उनलाई भर्ना गरेको थाहा पाउने वित्तिकै उनको स्वास्थ्य लाभको कामना सहित भेट्नेको घुईचो नै लाग्यो ।

परिवार, आफन्त, शुभचिन्तक, समाजसेवी मात्र नभई उनलाई धुलिखेल अस्पतालका बरिष्ठ चिकित्सकहरुले पनि भेटेर स्वास्थ्य लाभको कामना गरे ।

धुलिखेलमा अस्पतालको परिकल्पना गर्ने स्थानीय समाजसेवी भएकाले अस्पतालमा परिवार मात्र नभई अस्पतालमा कार्यरत थुप्रै स्वास्थ्यकर्मीहरुले पनि उनलाई भेटेको पारिवारिक स्रोतले जनाएको छ ।

धुलिखेल नगरपालिका, धुलिखेल खानेपानी, धुलिखेल अस्पताल, काठमाडौ विश्व विद्यालय जस्ता ठूला ठूला योजना धुलिखेलमा भित्र्याउने योजनाकारमध्ये उनी पनि एक हुन् । लामो समयदेखि उनी काठमाडौको नयाँ बानेश्वरमा छोरा बुहारीका साथमा बस्दै आएका थिए ।

दुई दिन अघि उनलाई ज्वरो आएको र पिसाप बन्द भएका कारण नियमित परिक्षण गराउँदै आएको धुलिखेल अस्पतालमै उनलाई काठमाडौबाट ल्याइएको परिवारका सदस्यले जनाएका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: