बागलुङ । बाढी र पहिराका कारण घरगोठ भत्किएकालाई जिल्ला विपद् व्यवस्थापन समितिले दिने राहतमा विभेद हुने गरेको भेटिएको छ । समितिले बाढीपहिरो पीडितलाई मनलाग्दी राहत वितरण गरेको हो ।
यही साउन ७ गते बागलुङ नगरपालिका–५ मालिकामा पहिराका कारण भत्किएका पाँच घरपरिवारका लागि समितिले उपलब्ध गराउने राहत रकम फरक–फरक छ । एकै दिन घर भत्किएका हेमराज रेग्मीलाई समितिले रु १२ हजार उपलब्ध गराएको छ भने सोही ठाउँकी गङ्गा पौडेल उपाध्यायलाई रु ६ हजार उपलब्ध गराएको छ ।
मालिकाकै भरत रेग्मीले समितिका तर्फबाट रु १० हजार राहत लिएका छन् । उनको गोठसमेत काम नलाग्ने गरेर भत्किएको छ । केही साताअघि पहिरोकै कारण घर भत्किएका बागलुङ नगरपालिका–४ कुँडुलेका टङ्कनाथ आचार्यले भने रु १५ हजार राहत पाउनुभएको छ । प्रजिअको नेतृत्वमा रहेको समितिले फरक–फरक समयमा राहतका लागि पुग्ने सर्वसाधारणलाई फरक फरक हिसाबले राहत दिएको पाइएको हो ।
“क्षतिको हिसाबले भन्ने हो भने कम राहत पाउनेको क्षति बढी भएको छ”, बागलुङ –५ का वडाध्यक्ष शिवप्रसाद सापकोटाले भने, “प्रमुखजिल्ला अधिकारीलाई कुराकानी गर्दा बजेट नभएकाले फरक फरक भएको भने ।”
सरकारले पछिल्लो पटक बनाएको विधिअनुसार पाँचजनाको परिवारसम्मलाई घर भत्किएमा १५ हजार र त्योभन्दा धेरै परिवार सङ्ख्या भएमा प्रतिपरिवार रु २० हजार राहत रकम उपलब्ध गराउने व्यवस्था छ । पछिल्लो विधि बनाउनुपूर्व समेत घरगोठ बस्नै नमिल्ने गरी भत्केको परिवारलाई रु १५ हजारसम्म दिने व्यवस्था थियो । “हामीले केही जान्दैनौँ जति दिए उति लिइयो”, गङ्गाले भने, “हामीलाई त तपाईंले पाउने यत्ति हो भनेर दिएँ ।” विपद् व्यवस्थापन समितिबाट पाएको रकमले परिवारको एक महिनाको खाद्यान्न खर्चसमेत नपुग्ने उनले गुनासो गरे।
बागलुङका प्रजिअ सुरेश न्यौपानेले बजेट कम भएकाले घटनाको अवस्था हेरेर रकम उपलब्ध गराउँदै आएको जानकारी दिए । “नयाँ विधि बनेको छ, बजेट पुरानै अनुसार आउँछ”, उनले भने, “बजेट नभएकाले मुचुल्काका आधारमा राहत दिनु परेको हो, सबै ठाउँमा आफैँ पुग्न सम्भव हुँदैन, कागजका आधारमा दिएका छौँ ।” विपद्को सामना गरिरहेका न्यून वर्गीय परिवारले भन्दा मध्यम वर्गका परिवारले राहत रकम धेरै पाएको वडाध्यक्ष सापकोटा बताउछन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: