Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

भरतपुर कोरोना प्रयोगशालामा जनशक्तिको अभाव

चितवन । चैतको अन्तिम साता हतारहतारमा स्थापना गरिएको भरतपुर कोभिड–१९ प्रयोगशाला व्यवस्थित गर्न नसक्दा समस्या देखिएको छ । भरतपुर अस्पतालको मातहतमा रहेको सो प्रयोगशाला तत्कालीन समयमा जस्तो अवस्थामा स्थापना गरियो हालसम्म उस्तै अवस्थामा रहेको छ ।

स्थापना ताका चौबिसै घण्टा काम गरेका प्राविधिक जनशक्तिले पछिल्ला दिनहरुमा एक सिफ्टमात्र काम गर्न थालेका छन् । यसका कारण नमूना सङ्कलन गरिएको एक साता नतिजाका लागि कुर्नुपर्ने भएको छ । जनशक्तिको अभावका कारण ढिलाइ भएको उनीहरुको भनाइ छ । प्रयोगशाला प्रमुख डा नीतु अधिकारी प्रयोगशालामा सातजना मात्र प्राविधिक जनशक्ति भएको बताउछन् । तीमध्ये चारजना घाइते र बिरामी परेको उनको भनाइ छ ।

चिकित्सकले आराम गर्न भनिएका प्राविधिकहरुले समेत काम गर्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ । प्रयोगशाला स्थापना गर्दा जिल्लाका अस्पतालमा रहेका प्राविधिकहरुलाई नै जम्मा गरेर प्रयोगशाला सञ्चालनमा ल्याइएको थियो । यसबीचमा खुल्ला प्रतिस्पर्धाबाट दुईजना प्राविधिक भर्ना गरेर चितवन मेडिकल कलेजका प्राविधिकलाई फिर्ता गरिएको छ । अहिले प्रयोगशालामा भरतपुर अस्पतालका चार, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका दुई र स्वास्थ्य कार्यालय चितवनका एकजना प्राविधिक कार्यरत छन् ।

अधिकारी यो जनशक्तिले एक सिफ्टमात्र काम गर्न सक्ने बताउछन् । अहिले प्रयोगशालामा दैनिक ११५ हाराहारी नमूनाको परीक्षण हुने गरेको छ । यसका कारण नमूना पठाएकाहरुले नतिजाका लागि एक हप्ता कुर्नुपर्ने बाध्यता रहेको छ । उनले भने, “यही जनशक्तिले सधैँ २४ घण्टा काम गर्न सम्भव हुँदैन ।” हरेक शनिबार प्रयोगशालालाई बन्द गरेर निर्मलीकरण गरिँदै आएको छ । प्राविधिक जनशक्तिले हालसम्म अतिरिक्त प्रोत्साहन भत्ता पनि पाउन सकेका छैनन् । उनले थपे, “भत्ताका कारण हामीले काम घटाएका छैनाँै । जनशक्तिकै अभावका कारण काम गर्न सकेनौँ ।”

स्थापनाको समयमा यही जनशक्तिले चौबिसै घण्टा काम गरेर ५७४ स्वाबको नतिजासमेत निकालेको उहाँले स्मरण गरे । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले यसअघि कर्मचारी भर्ना गर्दा वैकल्पिकमा रहेका तीनजना कर्मचारी थप गर्ने तयारी गरिएको बताए ।

जनशक्तिकै अभावका कारण नमूनाको नतिजा निस्कन समस्या भएको भन्दै उहाँले अब दैनिक नतिजा आउने गरी प्रयोगशाला सञ्चालन गर्ने गरी तयारी गरेको बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जोखिम भत्ता आइनसकेको भए पनि अस्पतालका भत्ता पाउने सबै कर्मचारीलाई विकास समितिबाट पछि पूर्ति गर्ने गरी बजेट निकासा गराएर दुई महिनाको भत्ता दिन लागिएको बताए।

मन्त्रालयले रु दुई करोड ३२ लाख बजेट स्वीकृत गरिसकेको भन्दै उनले अस्पतालले रु चार करोड ५० लाख माग गरेको बताए । चैत २३ गतेबाट सञ्चालनमा आएको प्रयोगशालाले हालसम्म १३ हजार २०० नमूना परीक्षण गरिसकेको छ । यसमध्ये ४०० जनाको कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रयोगशालामा चितवनका अतिरिक्त देशका १८ जिल्लाका बिरामीको स्वाब परीक्षण गरिएको उनले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending