Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

विपन्नले निःशुल्क पाउने मिटरबक्सको नाममा रकम असुल्नेलाई कारवाहीको माग

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा विपन्न घरपरिवारले निःशुल्क पाउने मिटरबक्सको नाममा विद्युत् विस्तार उपभोक्ता समितिले रकम असुलेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा समितिले उक्त उपभोक्ता समितिमाथि कारवाहीको माग गरेको छ ।

सरकारले विपन्न घरपरिवारलाई निःशुल्क उपलब्ध गराउँदै आएको मिटरबक्सको नाममा समितिका अध्यक्ष केमल राई, सचिव शुक्रबहादुर श्रेष्ठ, सदस्य डाकमनी तामाङ, महेन्द्र राईलगायतले प्रति घरपरिवार रु दुई हजारसम्म रकम असुलेको प्रमाणसहित सोमबार जिल्ला प्रशासन कार्यालय र नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै कारवाहीको माग गरेको हो ।

नेपाल विद्युत् प्राधिकारणबाट काम भइरहेको खार्मीमा उपभोक्ता समितिको नाम गरेर विपन्न घरपरिवारबाट अवैधरूपमा रकम असुली गरेको नेकपा वडा समितिको दाबी छ । “विसं २०७६ मा ७३ र २०७७ मा ४२ घर गरी ११५ घरपरिवारबाट रकम असुलेको पाइएको छ”, नेकपा वडा समितिले प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल र नगरप्रमुख दीपनारायण रिजाललाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, “अवैधरूपमा असुल गरिएको रकम तुरुन्त फिर्ता गराउनुका साथै रकम असुलीमा संलग्न व्यक्तिलाई तत्काल कानूनअनुसार कडाभन्दा कडा कारवाही गरियोस् ।”

विद्युत् जडान गर्दा प्राविधिकले पनि सेवाग्राहीबाट अवैधानिकरूपमा रकम असुल्ने गरेको पाइएकाले रकम असुल्नमा संलग्न प्राविधिकलाई समेत कानूनी कारवाही गर्न ज्ञापनपत्रमा भनिएको छ । “प्रशासनले सो मुद्दाको सत्यतथ्य प्रमाण हुँदाहुँदै पनि कानूनसम्मत फैसला नगरेमा सो मुद्दाको छिनोफानो नेकपा वडा समितिले गर्नेछ र सोबाट पर्न जाने क्षतिप्रति सम्बधित पक्ष जिम्मेवार हुनुपर्नेछ”, नेकपा वडा समितिका अध्यक्ष हर्कराज राईले हस्ताक्षर गरेको ज्ञापनपत्रमा भनिएको छ ।

नेकपा वडा समितिको ले ज्ञापनपत्र बुझ्दै प्रजिअ पौडेलले नेकपा वडा समितिले बुझाएको ज्ञापनपत्रको सम्बन्धमा नगरपालिकासँग समन्वय गरेर कारवाहीको प्रक्रिया अगाडि बढाउने प्रतिक्रिया दिएका छन् । “स्थानीय सरकार भनेको नगरपालिका हो”, उनले भने, “यदि विपन्न घरपरिवारबाट जबर्जस्ती रकम असुल गरेको रहेछ भने छानबिन गरेर कानूनी कारवाहीको दायरामा ल्याइनेछ ।”

खार्मीमा पछिल्लो समय विद्युत् विस्तारको काम प्राधिकरण आफैँमार्फत भइरहेकाले स्थानीय उपभोक्ता समितिको कुनै भूमिका नहुने नगरप्रमुख रिजालले बताए । “विपन्न घरपरिवारका लागि सरकारले निःशुल्क उपलब्ध गराएको भनेपछि कसैले पनि शुल्क लिन पाइँदैन”, उनले भने, “खार्मीमा विद्युत् विस्तार उपभोक्ता समितिको नाममा विपन्न घरपरिवारबाट रकम असुली भयो भनेर ज्ञापनपत्र आएको छ । उक्त समिति वैधानिकसमेत नरहेको र यदि साँचो ठहरिएमा कानूनी कारवाही गरिनेछ ।”

उपभोक्ता समितिका अध्यक्ष राईले भने नेकपा वडा समितिले लगाएको आरोप झुटो रहेको दाबी गरेका छन् । “हामीबाट कुनै पनि शीर्षकमा रकम असुल्ने काम भएको छैन”, उनले भने, “नेकपा वडा समितिले आफूहरुलाई राजनीतिक स्वार्थपूर्तिका लागि बदनाम गराउन झुटो आरोप लगाएका हुन् ।”

विपन्न घरपरिवारका लागि भनेर दिइएको मिटरबक्सका लागि कार्यालयमा लाग्ने शुल्कवापत रु ५५ जम्मा गरी रसिद काटेर दिने गरिएको प्राधिकरणका प्रमुख रामदिनेश राय यादवले बताए । “अन्यका लागि रु दुई हजार ५५५ लाग्छ”, उनले भने, “विपन्न घरपरिवारका लागि निःशुल्क आएको हुँदा सम्बन्धित वडाको सिफारिसको आधारमा उपलब्ध गराउने गरिएको छ ।”

सात सय ७४ घरधुरी उपभोक्ता रहेको खार्मीमा टिआर कन्स्ट्रक्शन प्रालिमार्फत विद्युत् विस्तारको काम भइरहेको छ । ठेकेदार कम्पनीले उक्त विद्युत् विस्तारको जिम्मा लिए पनि प्राधिकरणकै कर्मचारीमार्फत काम भइरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

जिल्लाका अन्य ठाउँमा समेत उपभोक्ता समितिले रकम असुल्ने गरेको गुनासो आएको छ । दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय धमाधम केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारको काम भइरहेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending