Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

कोरोना खोपको सबैमा पहुँच सुनिश्चित गर्न एक खर्ब अमरिकी डलर लाग्ने : डब्ल्यूएचओ

जेनेभा । कोभिड–१९ खोपको विश्वका सबै व्यक्तिमा पहुँच पुर्याउन कम्तीमा पनि एक खर्ब अमेरिकी डलर लाग्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

सोमबार जेनेभाबाट भर्चुअल प्रेस सम्मेलनमा बोल्दै डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम घेब्रियससले भने, “यो धेरै पैसा जस्तो लाग्छ र यो हो पनि ।”

स्वास्थ्यका लागि प्रयोग हुने उक्त रकम जी–२० देशले कोरोना भाइरस महामारीबाट थला परेको अर्थतन्त्रलाई उकास्न वित्तीय प्रोत्साहनका लागि लगानी गरिसकेको १० ट्रिलियन डलरको तुलनामा यो निकै सानो भएको तर्क उनले गरे । कोरोना नियन्त्रण नभएमा अहिलेको स्वास्थ्य तथा आर्थिक सङ्कट थप भयावह हुने भन्दै विश्वले सम्भावित जिम्मेवारीका लागि अग्रसरता देखाउनुपर्नेमा उनले जोड दिए ।

पत्रकार सम्मेलनमा उनले भने, “आउँदो तीन महिनामा ‘एसीटी–एक्सेलेटर’को कामको मापन गर्ने महत्वपूर्ण समय हुनेछ ।”

खोप विकास, उत्पादन र कोभिड–१९ परीक्षण, उपचार र खोपको समान पहुँचको गतिलाई अघि बढाउन डब्ल्यूएचओको अगुवाईमा ‘एसीटी–एक्सेलेटर’ (विश्वव्यापी सहकार्य) आवश्यक रहेको पनि उनले बताए ।

उनले भने, “यद्यपि यसलाई सफल पार्न हामीले सहकार्यलाई महत्व दिँदै नयाँ उपकरणको प्रयोगलाई प्राथमिकता दिने मापदण्डको आधार बनाउनुपर्छ ।”

डब्ल्यूएचओ प्रमुखका अनुसार ‘एसीटी–एक्सेलेरेटर’का लागि महत्वाकांक्षा र प्रतिबद्धता गरिएको रकमको मात्रा बीच ठूलो अन्तर रहेको छ ।

“हामी ‘एसीटी एक्सेलेरेटर’को आश्वासन महसुस गर्नका लागि आवश्यक अर्बौको कोषमा १० प्रतिशतमा मात्र छौं भन्ने कुराको ख्याल गर्नुपर्छ,” उनले भने ।

यस हप्ता कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई करोडमा पुग्ने र सङ्क्रमित सात लाख ५० हजारको मृत्यु सङ्ख्या पुग्ने कुराप्रति सचेत गराउँदै डब्ल्यूएचओ प्रमुखले जोड दिए, “यी तथ्या ङ्कहरू पछाडि ठूलो दुःख र पीडा रहेको छ । यस कुरालाई मध्यनजर गर्दै विश्व नेताहरूले नियन्त्रणका लागि कदम चाल्नुपर्ने र नागरिकहरूले सम्वेदनशील बनी अगाडि बढ्र्नेमा उनले जोड दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending