Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

कोरोनाको कारण संसद्का विषयगत समितिका बैठक प्रभावित हुँदै

काठमाडौ । सङ्घीय संसद् मातहतका विषयगत समितिका बैठक कोभिड–१९ को पछिल्लो सङक्रमण जोखिम अवस्थाले प्रभावित हुने भएको छ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिँडारीले कोभिड–१९ को सङ्क्रमण र अहिलेको अवस्थालाई विचार गरी पहिलो चरणमा सकेसम्म १५ दिनलाई कुनै पनि समितिको बैठक नराख्ने आज समितिको बैठकमा जानकारी दिए ।

उनले भने, “कोभिड–१९ बाट जनता र देश आक्रान्त भएको अवस्थामा समितिका बैठक राख्नु ठिक हो कि होइन भन्ने प्रश्न उठेको र छलफलपछि सकेसम्म १५ दिन कुनै पनि समितिको बैठक नराख्ने भन्ने भएको छ ।”

अबको १५ दिनको अवधिपछि सङ्क्रमणको अवस्था हेरेर त्यसपछिका बैठक पनि राख्ने वा नराख्ने बारेमा थप मूल्याङकन हुने बताउँदै सभापति बिँडारीले भने, “१५ दिनसम्म माननीयज्यूहरु पनि बडो होसियारीका साथ बस्नुहोला, सुरक्षितरूपमा आवतजावत गर्नुहोला, जिल्लामा जाँदा पनि सकेसम्म सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, साबुन पानीले हात धुने, कसैसँग हात नमिलाउने जस्ता नियम पालना गर्नुहोला ।”

कतिपय समितिका बैठक सञ्चालनका लागि भौतिक पूर्वाधारका संरचनाको अभावमा भौतिक र सामाजिक दूरी कायम गर्न असजिलो अवस्था छ । यद्यपि अब आउने हिँउदे अधिवेशनका निम्ति थुप्रै विधेयक तयार गर्नुपर्ने भएको र विधेयक समितिमा अलपत्र परेको हुँदा विधायन व्यवस्थापन समितिको बैठकलाई भने नियमित गर्ने कि भन्ने प्रश्न उठेको थियो ।

तथापि विषयवस्तु र आवश्यकताका आधारमा अत्यन्त जरुरी भएको खण्डमा जोखिमप्रति सजग रहने, भौतिक र सामाजिक दूरी कायम गर्ने, सङ्क्रमण हुन नदिने सबै उपाय अवलम्बन गरी कमभन्दा कम मानिस बोलाएर स–साना सङ्ख्यामा उपसमिति सञ्चालन गर्न भने सकिने जानकारी दिइएको छ । उक्त आधारमा बैठक राख्ने वा नराख्ने अधिकार समितिका सभापतिलाई दिइएको सभापति बिँडारीले सदस्यलाई जानकारी दिए । प्रतिनिधिसभा मातहत १०, राष्ट्रियसभा मातहत चार र संयुक्त सदन मातहत दुई वटा विषयगत समिति छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: