लन्डन । आयरल्यान्डका प्रतिष्ठित उद्योगी तथा व्यापारी भिन्सेन्ट व्यारीको अध्यक्षतामा आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन भएको छ । शनिबार आयोजना गरिएको एक भर्चुअल कार्यक्रममार्फत आयरल्यान्डका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले औपचारिक रुपमा आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन भएको घोषणा गरेका हुन् ।
चेम्बर नयाँ कार्यसमितिका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतमा दीपेशमान शाक्य, अन्य उपाध्यक्षमा प्रा डोरक टर्ली, जीवन तिम्सिना, गणेश प्रसाई र नवराज कोइराला रहनुभएको छ । निर्देशक पदमा रही विभिन्न क्षेत्रको जिम्मेवारी हेर्न प्रकाश माली, बालकृष्ण श्रेष्ठ, राजन काफ्ले, अलान मर्सेल सन्का र ओम अधिकारी चयन भएका छन् ।
त्यस्तै महासचिवमा एलिसन इरविन, सहसचिवमा चन्द्रकला निरौला तथा अन्य विशिष्ट तथा कार्यकारी सदस्यमा क्रमशः पाट फाल्भी, नियोल हाना, जोन बुर्के, रोव मोर्तेल, टोनी नेशन, शेन रिनान, एन्थोनी करार्ड, इमर कनोली, सराह वेस्ट र विनोद कार्की चयन भएका छन् । संस्थाको सल्लाहकारहरुमा क्याथरिन नुन, लिन्डा मेक नल्टी, पिटर वार्यन, मनोजबहादुर श्रेष्ठ, जोन किर्नस, महन्त श्रेष्ठ र गङ्गाराम कँडेल मनोनयन भएका छन् ।
कार्यक्रममा राजदूत सुवेदीले आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठनबाट आयरल्यान्डबाट नेपालमा लगानी अभिवृद्धि गर्न र नेपाली वस्तु तथा सेवाहरुको व्यापार आयरल्यान्डमा विस्तार गर्न थप सहज भई पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्सका नवनिर्वाचित अध्यक्ष भिन्सेन्ट व्यारीले आफू सधैँ नेपालको सच्चा मित्र रहेको स्मरण गराउँदै द्विपक्षीय व्यापार, लगानी र अन्य सहयोगको विस्तारका लागि आफू र आयरल्यान्ड ९नेपाल चेम्बर अफ कमर्स सधैँ सक्रिय रहने जानकारी गराएका थिए ।
आयरल्यान्डको संसद्का सभामुख सिन ओ फर्घाइलले शुभकामना मन्तव्य पठाउनु हुँदै आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्सको गठनबाट नेपाल र आयरल्यान्डबीच व्यापार र लगानी अभिवृद्धि गर्न सघाउ पुग्न जाने भएकाले यसको कार्यमा आफ्नो पूर्ण सहयोग रहने बताएका थिए । दिल्लीस्थित आयरल्यान्डको दूतावासका उपनियोग प्रमुख पिटर ओ कनेलले नेपाल र आयरल्यान्डबीच द्विपक्षीय सहयोग, व्यापार र लगानी विस्तार गर्न आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्सलाई आयरल्यान्ड सरकारको सहयोग निरन्तर रहने जानकारी गराएका थिए ।
आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत शाक्यले आगामी दिनहरुमा नेपालमा व्यापार र पर्यटन एवं नेपालमा आयरल्यान्डको लगानी विस्तार गर्न क्रियाशील रहने विचार व्यक्त गरेका थिए । नेपालका लागि आयरल्यान्डका मानार्थ कन्सुलर मनोजबहादुर श्रेष्ठले यस संस्थासँग समन्वय गरी कार्य गर्न आफू इच्छुक रहेको जानकारी गराएका थिए । नेपाली राजदूतावास, लन्डनका उपनियोग प्रमुख शरदराज आरणले आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्सका नयाँ पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै उनीहरुको कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: