Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

कर्मचारीमा कोरोना पुष्टि भएपछि बैंक बन्द, कार्यरत कर्मचारीहरु होटल क्वारेन्टिनमा

लहान । यहाँस्थित ग्लोबल आइएमई बैंकका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बैंक सिल गरी कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ । महोत्तरी घर भई ग्लोबल आइएमई बैंकमा कार्यरत ३४ वर्षीय कर्मचारीमा शनिबार साँझ कोरोना सङ्क्रमण पुष्टि भएपछि सो बैंकलाई सिल गरी त्यहाँ कार्यरत कर्मचारीलाई यहाँस्थित एक होटलमा क्वारेन्टिनमा राखिएको लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले जानकारी दिए ।

रुघाखोकी र ज्वरोसहितको लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको र उनी अहिले जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसन रहेको स्वास्थ्य शाखा प्रमुख यादवले बताए । सङ्क्रमित कर्मचारी केही दिनअघि लहानस्थित आन्तरिक राजश्व कार्यालयमा रहेको बैंकको काउन्टरमा बसेकाले आन्तरिक राजश्व कार्यालयका कर्मचारीलाई समेत क्वारेन्टिनमा राखिएको जनाइएको छ । बैंकका कर्मचारीमा सङ्क्रमण पुष्टि भएसँगै यहाँस्थित आन्तरिक राजश्व कार्यालयले आजदेखि कार्यालयको सम्पूर्ण कार्य बन्द गरेको छ ।

कार्यालय प्रमुख कमलबहादुर राजलवटले सूचना प्रकाशन गरी विषम परिस्थितिमा कार्यालयका कर्मचारीको पिसिआर परीक्षण गर्नुपर्ने र त्यसको रिपोर्ट नआएसम्म कार्यालयको कामकाज बन्द गरिएको जानकारी दिए ।

यस्तै सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत एक सशस्त्र प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षकसहितका सशस्त्र प्रहरीलाई क्याम्पभित्रै क्वारेन्टिनमा राखिएको स्वास्थ्य प्रमुख यादवले बताए ।

सङ्क्रमित बैंकका कर्मचारी तथा सशस्त्र प्रहरीको कन्ट्र्याक्टमा आएकाको पनि पहिचान गरी पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख यादवले जानकारी दिए । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले लहान , गोलबजार र मिर्चैया नगरपालिकाले साउन मसान्तसम्म नगर क्षेत्रमा लकडाउन जारी राखेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending