वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप्स् टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अमेरिकी विज्ञहरुले यो कुरा महत्वपूर्ण नभएको प्रतिक्रिया दिएका समाचारमा जनाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप्स् टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा बिहीबार मात्र हस्ताक्षर गरेका थिए । त्यसको एकदिन पछि अमेरिकी विज्ञहरुबाट यो प्रतिक्रिया आएको सो समाचारमा उल्लेख छ ।
अमेरिकी सरकारले लगाएको यो प्रतिबन्ध आगामी ४५ दिनमा लागू हुने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले यो कुराको जानकारी गराएका हुन् ।
अमेरिकाका राष्ट्रपति ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि भन्दै यो प्रतिबन्ध अघि सार्नुभएको बताइएको थियो । यो कार्यकारी आदेशबमोजिम आगामी ४५ दिनमा टिकटकको कम्पनीका पनि सबै कारोबारमा नै प्रतिबन्ध लाग्ने बताइएको छ ।
यी एप्स्हरुले अमेरिकाको विदेश नीति, राष्ट्रिय सुरक्षा नीति र अमेरिकाको अर्थतन्त्रमा नै यी दुई कम्पनीका एप्सहरुले असर पार्न सक्ने देखेर यो प्रतिबन्ध लगाएको बताइएको थियो ।
यी एप्स्हरुले संकलन गरिरहेका तथ्यांकहरुले अमेरिका नागरिकहरुको गोपनीयताको हकको उल्लंघन भएको पाइएको पनि राष्ट्रपति ट्रम्पको आरोप छ ।
तर पनि अमेरिकाका साइबर क्राइम सम्बन्धका विज्ञहरुले यी एप्सहरुको प्रतिबन्धले अमेरिकाका नागरिकको तथ्यांक संकलनको काम रोक्न त्यति ठूलो सहयोग नपु¥याउने बताएका छन् ।
उनीहरुले अहिले अमेरिकीहरुले देखेको अमेरिकी साइबर सुरक्षाको खाँचोका लागि खासै ठूलो सहयोग नपु¥याउने बताएका छन् । बरु यो विच्याटमाथिको प्रतिबन्धले अमेरिकीहरुलाई सञ्चार गर्ने काममा असजिलो बनाएको बताएका छन् ।
उनीहरुले भनेका छन् कि यो प्रतिबन्धले अमेरिकाले भने जस्तो यहाँका नागरिकको गोपनीयताको हनन् हुने काममा त्यति धेरै रोक्नै सक्दैन बरु अमेरिकामा रहेका चिनियाँ नागरिकबीचको सम्पर्क गर्न र अमेरिकाले चीनसँग गर्ने व्यावसायिक कामका लागि सम्पर्क गर्ने काममा पनि अप्ठेरो बनाउने ती विज्ञहरुले जानकारी दिएका छन् ।
अमेरिकाको सरकारले यी एप्स्माथि प्रतिबन्ध लगाउने कामका लागि दिएको आदेशमा अमेरिकाको सुरक्षाका लागि टिकटकका सञ्चालकविरुद्ध आवश्यक कदम चाल्नु पर्ने भएकोले यो गरिएको बताएका छन् ।
बिहीबार प्रतिबन्ध लगाइएका दुवै एप्स् अमेरिकाका लागि आगामी दिनका लागि पनि खतरा रहेको राष्ट्र्पति ट्रम्पले आफ्नो यो कार्यकारी आदेशमा भनेका छन् ।
उता यी एप्स्का चीनका सञ्चालकहरुमाथि पनि उनीहरुको कारोबारमाथि प्रतिबन्ध लाग्ने भएकोले यसले दुई देशबीचको व्यापारिक सम्बन्धमा पनि असर गर्न सक्ने बताइएको छ ।एएफपी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: