Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

नेपालबाट निर्यात हुने कृषिजन्य वस्तुको निकासीमा भारी गिरावट

इलाम । नेपालबाट निर्यात हुने मुख्य कृषिजन्य वस्तुको निकासीमा भारी गिरावट आएको पाइएको छ । नेपालबाट निर्यात हुने मुख्य वस्तु अलैँची, चिया, अदुवामा ठूलो परिणाममा गिरावट आएको छ ।

अवैज्ञानिक खेती प्रणाली भएकाले उत्पादन कम हुनु, निकासीमा समस्या देखिनुजस्ता कारणले निकासीमा गिरावट आएको कृषि विज्ञहरूको भनाइ छ । कृषिजन्य पदार्थको निर्यात कम भएसँगै त्यसबाट मुलुकमा भित्रिने आम्दानी पनि घटेको देखिएको छ ।

वैदेशिक व्यापार प्रवद्र्धन केन्द्रको तथ्याङ्कअनुसार गएको आर्थिक वर्ष ०७५÷७६ को तुलनामा आव ०७६÷७७ मा नेपालबाट निकासी हुने अलैँची, चिया, अदुवाको परिणाम र आम्दानीमा गिरावट देखिएको छ भने जडीबुटीबाट बन्ने औषधिजन्य पदार्थको भने परिणाम र आम्दानी दुवैमा केही बढेको देखिएको छ ।

आव ०७५÷७६ मा ५२ लाख ४० हजार ३२९ किलो अलैँची निर्यात भएकामा आव ०७६÷७७ मा ५० लाख १२ हजार ६९४ किलोमात्र निर्यात भएको तथ्याङ्कले देखाउँछ । अलैँचीको निर्यात कम भएसँगै यसबाट प्राप्त हुने आम्दानीमा समेत ठूलो मात्रामा गिरावट आएको देखिन्छ । आव ०७५÷७६ मा रु चार अर्ब २८ करोड ४१ लाख ९९ हजारको अलैँची निर्यात भएकामा गत आव ०७६÷७७ मा रु चार अर्ब एक करोड ९२ लाख १४ हजारको मात्र निर्यात भएको तथ्याङ्कले देखाउँछ । गत आवमा छ दशमलव दुई प्रतिशतको परिणाममा गिरावट आएको हो ।

यसरी अलैँचीको परिणाम र आम्दानीमा गिरावट आउनुमा चाहिँ अस्थिर बजार र असहज वाणिज्य नीति मुख्य कारण रहेको अलैँची व्यवसायी महासङ्घका केन्द्रीय सचिव मातृका घिमिरे बताउछन् । यस्तै नेपालबाट निर्यात हुने कृषिजन्य पदार्थ चियाको समेत परिणाममा गिरावट आएको केन्द्रको तथ्याङ्कले देखाएको छ । आव ०७५÷७६ मा एक करोड ५० लाख ४३ हजार ७९६ किलो चिया निर्यात भएकामा गत आवमा एक करोड ११ लाख ८५ हजार १९८ किलोमात्र निर्यात भएको देखिन्छ ।

आव ०७५÷७६ मा रु तीन अर्ब २० करोड ३९ लाख आठ हजारको चियाबाट आम्दानी भित्रिएकामा गत वर्ष ०७६÷७७ मा रु तीन अर्ब ७८ करोड २८ लाख ४१ लाखको मात्र देखिएको छ । यसरी एकै वर्षमा चियाको निर्यात खस्किनुका कारण चाहिँ चियामा विवाद भइरहनु र भारतीय बजारको भर नहुने जस्ता कारण रहेको चिया उद्योगी तथा बिक्रेता उदय चापागाईंको भनाइ छ । चापागाईंका अनुसार सरकारले चियालाई आवश्यक पर्ने मल पनि उपलब्ध गराउन नसक्नु र बन्दाबन्दीकै कारण चिया निर्यात हुन नसकेको हो ।

यस्तै ठूलो परिणाममा भारत निर्यात हुने अदुवाको समेत परिणाम र आम्दानीमा समेत १४ दशमलव नौ प्रतिशत गिरावट आएको देखिन्छ । आव ०७५÷७६ को मा एक करोड ४९ लाख १९ हजार १९५ किलो अदुवा निर्यात भएकामा गत आव ०७६÷७७ मा घटेर ८८ लाख ४६ हजार ९३१ किलो निर्यात भएको तथ्याङ्कले देखाएको छ ।

यस्तै अदुवाबाट आव ०७५÷७६ मा रु ५१ करोड २२ लाख ९६ हजारको आम्दानी भएकामा आव ०७६÷७७ मा रु ४३ करोड ५७ लाख ७८ हजारको आम्दानी भएको देखिन्छ । एकै वर्षमा यति ठूलो मूल्यमा आम्दानी घट्नुका कारण खेती गर्ने वैज्ञानिक पद्धति नभएको अदुवा व्यवसायी मातृका घिमिरे बताउनुहुन्छ । बर्सेनी तापक्रम बढ्दै जाँदा मौसम फरक पर्ने तर माटोको परीक्षण नभई खेती गर्दा अपेक्षाकृत फाइदा लिन नसकिएको घिमिरेको भनाइ छ । पछिल्लो समय अदुवाका बोट कुहिने कारण पनि उल्लेखीय आम्दानी हुन नसक्दा निर्यात घटेको उहाँको भनाइ छ ।

गत वर्ष निर्यात भएका कृषिजन्य पदार्थमध्ये औषधिजन्य पदार्थको आम्दानीमा भने केही वृद्धि भएको देखिन्छ । चिराइतोलगायत जडीबुटीलाई औषधिजन्य पदार्थका रूपमा लिने गरिन्छ । आव ०७५÷७६ मा पाँच दशमलव ३१ प्रतिशतले आम्दानीमा वृद्धि भएको देखिन्छ ।

कूल निर्यातको महत्वपूर्ण हिस्सा ओगटेको कृषिजन्य पदार्थको ठूलो परिणाममा गिरावट आउनाले प्रवद्र्धनका कार्यक्रम प्रभावकारी नभएको देखिन्छ । कूल नेपालबाट निर्यात हुने वस्तुमध्ये अलैँचीले चार दशमलव ११, चियाले दुई दशमलव ८५ र अदुवाले शून्य दशमलव ४५ प्रतिशत बजार हिस्सा ओगटेको छ । यसरी नेपालबाट निर्यात हुनेमध्ये अलैँची सातौँ, चिया ११औँ र अदुवा २२ स्थानमा पर्छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending