Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

कर तिर्न कोचाकोच, कोरोना जोखिममा यस्तो भीड

धनगढी। धनगढीको तारानगरस्थित यातायात व्यवस्था कार्यालय शुक्रबार बिहान साढे ९ बजे भरिभराउ थियो ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - बाहिर सडकमा पार्किङ गरिएका सवारीसाधनले गर्दा भित्र पस्न हम्मेहम्मे पर्‍यो। कार्यालय परिसरमा थरीथरी लाइन थियो । ओहोरदोहोर उत्तिकै चलिरहेको थियो । तराईकोे प्रचण्ड गर्मीमा सेवाग्राही कर बुझाउन हतारमा देखिन्थे । तर, कोरोना महामारीको कुनै प्रवाह देखिएन ।

त्यही भीडमा असिनपसिन भेटिए कैलालीको घोडाघोडी नगरपालिका–९ पहलमानपुरका खेमराज चौधरी । ‘मोटरसाइकल र ट्याक्टरको राजस्व बुझाउन आएको, चैतमै म्याद सकिएको छ’, उनले भने । सरकारले भने लकडाउनका बेला म्याद सकिएका सवारीको कर असोजसम्म बुझाए पनि जरिवाना नलिने निर्णय गरेको छ ।

‘जरिवाना त लाग्दैन तर ट्याक्टरले कतै दुर्घटना भइहाल्यो भने त्यतिबेला बिमा पनि चाहिन्छ । अनि, नवीकरण पनि गरेको’, उनले भने, ‘त्यसैले कोरोनाको परवाह नगरी लाइनमा लागेको छु ।’

डोटीको पुर्वीचौकी गाउँपालिकाका जयबहादुर खड्का पनि मोटरसाइकलको लाइसेन्स नवीकरण गर्न लाइन लागेका थि ए। उनलाई सरकारले असोजसम्म नवीकरणमा लाग्ने विलम्ब शुल्क नलिने निर्णय गरेको थाहा छ । ‘पहाडबाट पटक–पटक आउन सकिँदैन । त्यसैले आएका बेला नवीकरण पनि गरेर जाऊँ भनेर लाइन लागेको हुँ’, उनले भने ।

लाइन लागेका अधिकांश सेवाग्राही सामान्य अवस्था जस्तै एकापसमा टाँस्सिएका थिए । धेरैले मुखमा मास्क लगाए पनि प्रचण्ड गर्मी र भीडभाडमा उकुसमुकुस भएर चिउँडोसम्म पु¥याएका थिए । राजस्व जम्मा गर्न बैंकको काउन्टर, नवीकरण काउन्टर, फोटो खिचाउने ठाउँसहितका फाँटमा घुइँचो गरेर लाइन लागेको देखियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending