Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

उपप्रधानमन्त्री पोखरेलसँग बङ्गलादेशका राजदूतको शिष्टाचार भेट

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्सलेले शिष्टाचार भेट गरे । सिंहदरबारस्थित उपप्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटवार्तामा उनीहरुबीच पाँच दशकदेखि नेपाल र बङ्गलादेशबीच रही आएको अत्यन्त घनिष्ठ र बहुआयमिक मैत्रीपूर्ण सम्बन्धका विषयमा केन्द्रित रहेर विचार विमर्श भएको थियो ।

सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले दुई देशबीचको सम्बन्ध सरकार–सरकारबीचमा मात्र सीमित नभएर जनस्तरमा समेत प्रगाढ रहेको विचार व्यक्त गरेको रक्षा मन्त्रालयले जानकारी दिएको छ । नेपालमा सात वर्षको कार्यकाल पूरा गरी राजदूत साम्स केही समयपछि स्वदेश फर्कंदै छन् । उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, नेपाल बसाइको अवधिमा नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई थप सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका खेलेका छन् ।

विभिन्न प्रकारका प्राकृतिक विपत्तिबाट प्रभावित भइरहने नेपाल र बङ्गलादेश साझा समस्याबाट गुज्रिरहेको हुँदा सहकार्य गर्दै अघि बढ्न आवश्यक रहेको बताउँदै उनले २०७२ को भूकम्पपश्चात् पीडितलाई उपलब्ध गराएको राहत र सहयोगका लागि राजदूत साम्सलाई धन्यवाद ज्ञापन गरे ।

नेपाल र बङ्गलादेशका सेनाबीच सेनाबीच हुने संयुक्त अभ्याय, तालिम तथा प्रशिक्षणबाट सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुगेको बताउँदै रक्षामन्त्री पोखरेलले संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वमा शान्ति स्थापना गर्ने कार्यमा अग्रणी भूमिका निर्वाह गर्न पाउनु गौरवपूर्ण भएको उल्लेख गरेका थिए ।

सो अवसरमा राजदूत साम्सले दुवै देशबीच व्यापार, पर्यटन, जलस्रोत र लगानी प्रवद्र्धन लगायतका कार्यमार्फत सम्बन्धलाई थप घनिष्ठ र सुदृढ बनाउन सक्दो प्रयास गरेको धारणा विचार प्रकट गरे। दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई समयको गतिसँगै निरन्तरता दिन तथा आपसीहित र सहयोगका नयाँ क्षेत्र पहिल्याउँदै अघि बढ्नुपर्छ भन्दै उनले क्षेत्रीय तथा अन्तरराष्ट्रिय मञ्चमा दुई देशको साझा धारणा रहँदै आएको विचार व्यक्त गर्नुभयो । दुई देशका सेनाबीचसमेत असल र मैत्रीपूर्ण सम्बन्ध रहेको बताउँदै राजदूत साम्सले आगामी दिनमा दुई देशबीच पारस्परिक सहयोगको क्षेत्रलाई थप फराकिलो पार्दै जान बङ्गलादेश प्रतिबद्ध छ भने ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending