Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

मालपोत कार्यालयको सेवा अस्तव्यस्त, अत्यधिक भीडले कोरोनाको जोखिम

भक्तपुर । भक्तपुरको जिल्ला मालपोत कार्यालयको सेवा अस्तव्यस्त देखिएको छ । जिल्ला समन्वय समिति भक्तपुरले शुरु गरेको अनुगमन अभियानका क्रममा जिल्ला मालपोत कार्यालयमा पुग्दा यहाँको सेवा अस्तव्यस्त पाइएको हो । दैनिक एक हजारभन्दा बढीको भीड रहेको मालपोतमा अधिकांश सेवाग्राही र केही कर्मचारीको मुखमा मास्क देखिँदैनथ्यो । न त सेवाग्राहीको लागि हात धुने व्यवस्था नै थियो न त स्यानिटाइजरको व्यवस्था नै ।

सेवाग्राहीका लागि राखिएको हेल्पडेक्स खाली थियो । सेवाग्राहीको भीडले सामाजिक तथा भौतिक दूरी कायम गरिएको थिएन । कार्यालयभित्र एकले अर्कालाई नछोइ हिँड्नसक्ने अवस्था थिएन । सुरक्षाको कुनै प्रत्याभूति थिएन । एक जनामात्रै कोरोना सङ्क्रमित भेटिए, त्यहाँ सयाँैलाई कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च थियो । यसबारेमा अनुगमनका नेतृत्व गर्नुभएका जिसस प्रमुख नवराज गेलालले जिज्ञासा राख्दा मालपोत कार्यालय भक्तपुरका प्रमुख देवीबहादुर भण्डारीले मालपोत कार्यालय भद्रगोल र अस्तव्यस्त रहेको स्वीकार गरे ।

मालपोत कार्यालयको कोठा सेवाग्राहीमैत्री रूपमा खुला हुनुपर्नेमा बन्द कोठामा कार्यालय सञ्चालन हुनु र कलम किन्नसमेत सरकारले पैसा नदिने गरेकाले यहाँको सेवा अस्तव्यस्त र भद्रगोल भएको बताए। प्रमुख मालपोत अधिकृत भण्डारीले भने, “कार्यालयको भवन नै सेवाग्राहीमैत्री छैन, अर्कोतर्फ कहीँकतैबाट पैसा र थप बजेट आउँदैन, कलम किन्ने पैसा हामीसँग छैन, सियोको धारमा जागिर खाएर बसेका छौँ, उल्टै हामीलाई दोष दिन्छन् ।”

अहिले पनि कार्यालयमा दैनिक एक हजार १०० भन्दा बढी सेवाग्राहीको भीड रहने गरेको बताउँदै उनले कलम किन्ने पैसा नहुने मालपोत कार्यालयले सेवाग्राहीलाई हात धुने र स्यानिटाइजरको व्यवस्था गर्न नसक्ने बताउनुभयो । कोरोनाको जोखिम रोक्ने जिम्मेवारी कार्यालयको नभएको बताउँदै उहाँले सेवाग्राही आफैँले सचेत हुनुपर्ने बताए। “म प्रमुख भएरै कलङ्की मालपोत कार्यालयलाई नमूना र उत्कृष्ट बनाएँ, भक्तपुर आएपछि यो पनि बनाउँछु भनेको बजेट छैन, यहाँ केही गर्न सकिन”, प्रमुख भण्डारीले भने, “लेखापढीले फाइल पल्टाउने परम्परागत यो अफिसमा काम पनि परम्परावादी नै छ, यो सिस्टम चेन्ज गर्न गाह्रो छ ।”

सरकारले स्थानीय तहमा मालपोत पठाउने भनेपछि कार्यालयले एक स्थानीय तहका तीन कर्मचारीलाई तालिम दिन थाले पनि यो प्रभावकारी नहुने उहाँको दाबी छ । लामो समयदेखि काम गर्ने मालपोतका कर्मचारी अझै सिक्दै रहेको र लेखापढीको सहयोग लिनुपर्ने परम्परामा स्थानीय तहका कर्मचारीलाई सामान्य तालिमले केही प्रभाव नुहने उनको भनाइ छ । कार्यालयका नासु कुलबहादुर बस्नेतले मालपोतका कर्मचारीलाई हेर्ने नजर गलत भएकाले नयाँ कर्मचारी मालपोत सरुवा भएर आउन नचाहने गरेको बताउँदै बिहानैदेखि काम गरे पनि कर्मचारीलाई कुनै सेवा सुविधा नपाउने गरेको अनुगमन टोलीसँग गुनासो गरे।

“राजश्वमा बस्ने कर्मचारीले बिहान आएर काम गर्दा शतप्रतिशत भत्ता पाउने, त्यहीँ काम गर्दा हामीले खाना खाने पैसा पनि नपाउने”, नासु बस्नेतले भने, “यहाँ एउटा कलम, टेप किन्ने पैसा छैन, मास्क, स्यानिटाइजर किन्ने पैसा खै ?, नलुकाइ भन्नै पर्दा हामी चन्दा मागेर चलेका छाँै, स्थानीय तहले पैसा लान्छन् तर खै न सरकारले हेर्छ, न स्थानीय तहले ।”

यो कार्यालयले अहिले दैनिक करिब १०० रजिस्ट्रेशन, पाँच लगत दाखिल, छ नामसारी, १५ हालसावी, तीन संशोधन र राजश्व सङ्कलनको काम गर्दै आएको छ । आर्थिक वर्ष २०७६÷७७ मा कार्यालयले कूल रु एक अर्ब ७९ करोड चार हजार १११ राजश्व सङ्कलन गरेकामा जग्गा रजिस्ट्रेशनबाट मात्रै रु एक अर्ब पाँच करोड ८१ हजार राजश्व सङ्कलन गरेको कार्यालयका प्रमुख भण्डारीले जानकारी दिए।

आव २०७६÷७७ मा नगरपालिकामध्ये भक्तपुरलाई रु दुई करोड ८९ लाख ६९ हजार, मध्यपुरथिमिलाई रु ११ करोड ७२ लाख ९७ हजार, सूर्यविनायकलाई १९ करोड ४६ लाख तीन हजार र चाँगुनारायणलाई रु २१ करोड ९२ लाख ९० हजार राजश्व बाँडफाँट गरेको छ । प्रदेशतर्फ रु ३७ करोड ६१ लाख सात हजार राजश्व बाँडफाँट भएको छ । अनुगमनपछि जिसस प्रमुख गेलालले कार्यालयमा फ्लेक्स राख्न, हेल्प डेक्समा मान्छे राख्न, कुशल व्यवस्थापन गर्न र बजेट नभए कार्ययोजनासहित नगरपालिकासँग बजेट माग गर्न निर्देशन दिए ।

नापीको अनुगमन

जिससको अनुगमन टोलीले नापी कार्यालय भक्तपुरको अनुगमन गर्दा कार्यालय प्रमुख ज्ञानेन्द्रकुमार विष्ट कार्यालयमा नभए पनि प्रमुखको कार्यकक्ष, मुख्य सर्वर कम्प्युटर, पङ्खा खुला राखेर दुरुपयोग गरेको पाइएको छ । नापी अधिकृत हरिकृष्ण्ण भुजुले कार्यालय प्रमुख बैठकमा गएको बताए पनि कार्यकक्षमा सबै कुरा खुला रहनु प्रमुखको लापरवाही भएको स्वीकारे ।

कार्यालयमा दैनिक १०० सेवाग्राही आउने गरेको बताउँदै फिल्डमा जाने कर्मचारी कम हुँदा जग्गा हालसावी एवं नापी गर्न जान समय लाग्ने गरेको बताए । जग्गा कित्ताकाट भने नरोकिएको र नियमानुसार आउनेको कित्ताकाट भइरहेको उनले बताए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending