तनहुँ । तनहुँ जिल्लाका गाईमा नयाँ भाइरसको सङ्क्रमण देखिएको छ । व्यास नगरपालिका–११ फराकचौरका कृष्ण दरैले पालेको गाईमा लम्पी स्क्रिन डिजिज भाइरस देखा परेको हो ।
नेपालको पूर्वी जिल्लामा व्यापकरूपमा देखा परेको यो भाइरसको सङ्क्रमण तनहुँमा पनि देखा परेको भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए। “पक्स समूहको काप्रिपक्स भाइरसबाट देखिने यो रोग तनहुँमा पनि फेला परेको छ”, डा श्रेष्ठले भने, “नमूना सङ्कलन गरेर ल्याएका छौँ, परीक्षणपछि थप पत्ता लाग्छ, तर सामान्यरूपमा हेर्दा यो लम्पी स्क्रिन डिजिज नै हो ।”
जिल्लाका अन्य ठाउँमा पनि यो रोग देखा परे खबर गर्न सम्बन्धित स्थानीय तहको पशु शाखामार्फत् आग्रह गरिएको छ । “जिल्लाका अन्य ठाउँबाट यो रोगको बारेमा किसानले हालसम्म जानकारी नगराए पनि यो रोग नफैलिएला भन्न सकिन्न”, श्रेष्ठले भने ।
डा श्रेष्ठका अनुसार पहिला अफ्रिकामा सीमित यो रोग सन् २०१२ पछि मध्यपूर्व, दक्षिण पूर्वी युरोप, रसिया, कजाकिस्तान हुँदै बङ्गलादेश र भारतमा पनि केही महनिा अगाडि देखा परेको थियो । अहिले नेपालको मोरङ, झापालगायत पूर्वी क्षेत्रमा यसैसँग मिल्दोजुल्दो लक्षण देखिई सयांँ गाई बिरामी परेको र केही मरेको जानकारी प्राप्त भएको डा श्रेष्ठले जानकारी दिनुभयो ।
यो भाइरस लागिसकेपछि कचेरा निकाल्ने, सिङ्गान बग्ने तथा फिज धेरै निकाल्ने हुन्छ । शरीरका विभिन्न ठाउँमा विशेषगरी घाँटी, पछाडिको भाग, पेट र थुन वरिपरि १० देखि ५० मिलिमिटरसम्मका गिर्खाहरु देखिने गरेको डा श्रेष्ठले बताए ।
“यो रोग लागिसकेपछि गाईलाई उच्च ज्वरो आउने र दूध उत्पादन ८० प्रतिशतसम्म घट्न सक्छ”, डा श्रेष्ठले भने, “साथै गर्भ तुहिन सक्ने र पछि महिनौँ बाँझोपना देखिन पनि सक्छ ।”
डा श्रेष्ठका अनुसार यो रोग लामखुट्टे, किर्ना आदिको टोकाइको माध्यमबाट र सङ्क्रमित पशु र स्वस्थ पशुलाई उपचारका क्रममा एउटै सुई प्रयोग गर्दा सर्छ । “यस रोगको ठोस उपचार नभएको र खोप नेपालमा उपलब्ध नभएकाले पशु चिकित्सकको सल्लाहमा लक्षण अनुसारको उपचार गर्न सकिन्छ”, श्रेष्ठले भने ।
डा श्रेष्ठका अनुसार यो रोगबाट गाईलाई बचाउनका लागि लामखुट्टे, झिङ्गा, किर्ना आदिको सङ्ख्या नियन्त्रण र गोठ वरिपरिको वातावरण सफा राख्नुपर्छ ।
बेवारिसेको उद्धार
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ मा एक वर्षदेखि बेवारिसे एक महिलाको उद्धार गरिएको छ । राजमार्ग छेउछाउ अलपत्र अवस्थामा बस्दै आएकी महिलाको बन्दीपुर गाउँपालिका–५ को समन्वयमा आज उद्धार गरिएको हो ।
ती महिलालाई उद्धार गरी उपचारका लागि कोसिस नेपालको कार्यालय ललितपुर पठाइएको वडाध्यक्ष धु्रवप्रसाद लामिछानेले जानकारी दिए। “एक वर्षदेखि राजमार्ग आसपासमै अलपत्र अवस्थामा बस्दै आएकी उहाँलाई कोसिस संस्थासँग सम्पर्क गरी उद्धार गरेर पठाएका छौँ”, लामिछानेले भने ।
लामिछानेका अनुसार शनिबार उक्त महिलाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । कोरोनाको रिपोर्ट नेगेटिभ आएकाले बन्दीपुर गाउँपालिकाकै सवारीमा उनलाई उद्धार गरेर लगिएको छ । “उनको उपचारका लागि कोसिस नामक संस्थासँग सम्पर्क गरेका थियौँ, उक्त संस्थाले उपचारको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएपछि ती महिलालाई उद्धार गरेर पठायौँ”, लामिछानेले भने ।
राजमार्ग आसपासमै बस्ने ती महिलालाई स्थानीयवासीले खानाको व्यवस्था गर्दै आएका थिए । नामथर र घर बताउन नसक्ने ती महिलाको विस्तृत विवरण जानकारी नभएको लामिछानेले बताए । “बोल्न त सक्नुहुन्छ, तर आफ्नो बारेमा केही भन्न सक्नुहुन्न, बुझिएअनुसार उहाँको घर लमजुङ हो की भन्ने छ,” उनले ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: