Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

आलु उत्पादन पचास प्रतिशत घट्यो

रसुवा । पकेट क्षेत्रका अवधारणानुरूप एक दशकअघिदेखि गतलाङमा रोपिएको आलु उत्पादनमा कमी आउन थालेको छ । प्रमुख बालीका रूपमा गरिँदै आएको आलुखेती विगतका तुलनामा यस वर्ष ५० प्रतिशतको हाराहारीमा उत्पादन घटेपछि किसानमा चिन्ता छाएको छ । पार्वती कुण्डको काखमा अवस्थित आमाछोदिङ्मो गाउँपालिका वडा नं ३ गतलाङ क्षेत्रमा बसोबास गर्ने अधिकांश किसानले आलुखेती गर्ने गरेका छन् ।

उत्पादित आलु बिक्रीबाट प्राप्त आम्दानीले चामल, नुन र तेल खरीद गर्ने चलन छ । उत्पादन घटेपछि खाद्य सामग्री जुटाउन धौधौ पर्ने अवस्था आउन थालेको स्थानीय समाजसेवी मारलामा तामाङले बताए । विगतमा वार्षिक रु चारपाँच करोडको आलु उत्पादन हुने गतलाङमा यस वर्ष रु दुई करोड आम्दानी हुन मुश्किल देखिएको बताउँदै समाजसेवी तामाङले अबका दिनमा परम्परागतभन्दा आधुनिकतातर्फ जान कृषि प्राविधिकको खाँचो रहेको उहाँको भनाइ छ ।

गतलाङ क्षेत्रमा अहिले दुई सयभन्दा बढी किसान आलुखेतीतर्फ लागेको बताइएको छ । मकै–कोदोभन्दा आलुको उत्पादन राम्रो हुने र आय वृद्विमा समेत थप टेवा पुग्ने भएका कारण किसानको चाहनानुरूप तत्कालीन कृषि कार्यालयले गतलाङका भूभागलाई आलुको पकेट क्षेत्र निर्धारण गरे पनि हाल कृषि प्राविधिकको उपस्थिति शून्य हुँदा रोपण गर्ने नयाँ तौरतरिका जान्न समस्या परेको किसानले गुनासा गरेका छन् ।

स्थानीय जातका गाई, भेंडा र बाख्राका मलबाट उत्पादित प्राङ्गारिक गतलाङे आलु प्रतिकेजी रु ३६ किसानले पाउने तय भएको बताइएको छ । वर्षे आलु गतलाङका अलावा गोल्जुङ, चिलिमे सिम्बु, तातोपानी, थुमन, बृद्धिम, भार्खु, ठूलोस्याफ्रु, हाकु, राम्चे र यार्सा क्षेत्रका किसानले समेत उत्पादन गर्ने गरेका छन् ।

हिउँदमा आलु रोपण गरेपछि प्रायःजसो समय भारी वर्षा भइँरहदा न्यून रूपमा फलेका फल कुहिने भएकाले किसानले आलु खन्ने कामसमेत शुरु गरिसकेको स्थानीय बासिन्दाले बताएका छन् । हिमाली चिसो पानीमा उत्पादित आलु स्वादिलो हुने गरेकाले छिमेकी जिल्ला नुवाकोटका अलावा काठमाडौँ र धादिङसम्म निकासी हुने गरेको गतलाङका बुद्धिजीवी पेम्बा तामाङले जानकारी दिए। गतलाङमा वार्षिक करीब १० हजार टन आलु उत्पादन हुन्छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: