दार्चुला । दार्चुलामा गएको चार वर्षको अवधिमा २०४ जना महिला तथा बालबालिका हराएका छन् । भारतसँगको सीमा जोडिएको दार्चुलामा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढेको हो । बितेको चार वर्षमा हराएकामध्ये १५० जना महिला तथा बालबालिका घर फर्किसकेका छन् भने अझै ५२ जना फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाको महिला तथा बालबालिका सेलले जनाएको छ ।
जिल्लाबाट हराउनेमा १२६ जना महिला रहेका छन् भने ३५ जना बालबालिका रहेको महिला तथा बालबालिका सेवा केन्द्र दार्चुलाले जनाएको छ । महिला बालबालिका सेवा केन्द्र दार्चुलाका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा २० महिला, पाँच जना बालक तथा छ जना बालिका हराएका छन् । यसरी हराएकामध्ये ३२ जना महिला तथा बालबालिका मात्रै फेला परेका छन् । दुई जना अझै भेटिएका छैनन् ।
यस्तै आर्थिक वर्ष २०७४÷७५ मा ३३ जना महिला तथा बालबालिका हराएकामा २९ जना मात्रै फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिनुभयो । चार जना महिला तथा बालबालिका अझै फेला परेका छैनन् । आव २०७५÷७६ मा जिल्लाबाट ३५ जना महिला हराएका छन् भने १० जना बालक तथा १९ जना बालिका हराएकामा अझै १३ जना महिला तथा दुई बालक चार बालिका फेला पर्ने बाँकी रहेको जनाइएको छ ।
यस्तै आव २०७६÷७७ मा ३९ महिला, १४ जना बालक तथा नौ जना बालिका हराएका थिए । जसअनुसार ४४ जना मात्रै फेला परेकोे प्रहरीले जनाएको छ । अझै २७ जना फेला पर्ने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यस्तै चालू आवको साउन महिनामा मात्रै दुई जना महिला हराएको जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका सेवा केन्द्र दार्चुलाको तथ्याङ्कले देखाएको छ । हराएका महिला तथा बालबालिकाका अभिभावकले दिएको सूचनाका आधारमा खोजी गर्न देशभरका प्रहरी युनिटमा हुलियासहित जानकारी गराइने गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
हराएको भनी उजुरी परेकामध्ये केही महिला तथा बालबालिका भने घर फर्किसकेका छन् । अभिभावकले दिएको हुलियाका आधारमा प्रहरीले खोजी गर्दा र आफैँ घर फर्केकासमेत प्रहरीले जानकारी दिएको छ । हराएका अधिकांश महिला वैवाहिक सम्बन्ध स्थापित गर्न आफूखुशी हिँड्ने गरेको प्रहरीको अनुमान छ । परिवारलाई अत्तोपत्तो नदिइ घर, विद्यालय, पसल, घाँस दाउराबाटै हराउँदा परिवारलाई मानसिक तथा शारीरिक तनाव हुने गरेको प्रहरीले जनाएको छ । गरिबी, चेतना अभाव, मादक पदार्थ सेवन, पारिवारिक बेमेललगायतका कारण महिला तथा बालबालिका घर छाड्न बाध्य हुने गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलामा भारतसँगको खुला सीमाका कारण पनि भारतमा गएर उतै बेपत्ता हुने अवस्था पनि विद्यमान छ । भारतमा गएर कैयौँ महिला तथा बालबालिका उतै मजदूरी गर्ने, बिहेबारी गर्ने र शोषणमा पर्ने गरेको अधिकारकर्मी गौरी बडाल बताउछन् । “खुला सीमानाका भएका कारण पनि कहाँ गए भन्ने यकिन हुँदैन”, उनले भने, कोही सम्पर्कमा आए पनि प्रहरीलाई घर फर्किएको जानकारी गराउँदैनन् ।” दार्चुलामा भारतसँग लेकमको लाली, मालिकार्जुनको जोलजीवी, महाकाली नगरपालिकाको दत्तु सदरमुकाम खलङ्गा र व्यास गाउँपालिकाको तिगरम र सीतापुलमा वैधानिक नाका छन् भने ट्युब र तुइनमार्फत वारपार गरेर जाने गरेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: