Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

२६ दिनदेखि अवरुद्ध अरनिको राजमार्ग खुल्यो

चौतारा । अविरल वर्षाले गत असार २४ गते राति आएको बाढीपहिराले क्षतिग्रस्त अरनिको राजमार्गको बाह्रबीसे–तातोपानी सडकखण्डमा यातायात सञ्चालन भएको छ । छब्बीस दिनदेखि अवरुद्ध सडक व्यवसायी, स्थानीय निकाय, विद्युत् आयोजना तथा सडक डिभिजन कार्यालयको संयुक्त पहलमा मर्मत भएपछि यातायात सञ्चालन भएको डिभिजन सडक कार्यालय दोलखाका प्रमुख डिई विजयकुमार महतोले जानकारी दिए।

क्षतिग्रस्त सडक खुलाउन सडक विभागले खासै तदारुकता नदेखाएपछि मितेरी पुलदेखि भोटेकोशी गाउँपालिका बुलकोटेसम्म व्यावसायीको पहलमा सडक मर्मत गरिएको नेपाल ट्रक कन्टेनर व्यवसायी सङ्घका अध्यक्ष अर्जुन सापकोटाले बताए ।

खासाबाट सामान राखेका २०० मालवाहक कन्टेनर चार सातादेखि तातोपानी भन्सार यार्डमा थन्किएको थियो । त्यस्तै राजधानी छुटेका मालवाहक कन्टेनर एक सातादेखि जम्बुमा अलपत्र परेको अध्यक्ष सापकोटाले बताए । दर्जनांै कन्टेनरमा राखिएका स्याउ बाटामै कुहिन थालेको छ भने कपडालगायत सामान समयमै गन्तव्यमा पु¥याउन नसकेपछि करोडांैको नोक्सानी व्यहोर्नुपरेको व्यवसायीले गुनासो गरेका छन् ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाअन्तर्गत अरनिको राजमार्गको कोठेदेखि तातोपानीको लिपिङसम्मको ३९ किलोमिटर खण्डको दर्जनांै स्थानमा सडक क्षतविक्षत भएको थियो । बाह्रबीसेको खागदल र भोटेकोशी गाउँपालिका–५ बुलकोटेको पक्की पुल बगाएपछि खागदलमा डाइभर्सन गरिएको छ भने जम्बु र बुलकोटेमा ह्युमपाइप राखी अस्थायी रुपमा सडक सञ्चालन गरिएको छ ।

मनसुन सक्रिय रहेकाले लगातार पानी पर्नेक्रम नरोकिएको हुँदा कटान भएको सडकमा भोटेकोशी नदीमा पानीको सतह घटेपछि मात्र पक्की रुपमा सडक निर्माण गर्न सकिने महतोले बताए । पहिराले क्षति पुगेको सडकमाथिबाट दैनिकजसो लेदो माटो खस्ने क्रम नरोकिएको हुँदा पहिरो पन्छाई यातायात चलाउन २४ सै घण्टा स्काभेटर तयारी हालतमा राखिएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: