Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

कोरोनालाई हेलचेक्र्याइँ नगरौँ आत्मघाती हुनसक्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौ । सरकारले जनस्वास्थ्यका सामान्य मापदण्ड पनि पालना नगर्ने तथा कोरोनाप्रतिको बढ्दो हेलचक्र्याइँ आत्मघाती हुनसक्ने जनाएको छ । लकडाउन अन्त्य भएसँगै शहरी क्षेत्रमा बढ्दो भीडभाड, कोरोनाप्रति झन् संवेदनशील बन्नुपर्ने समयमा सर्वसाधारणले बेवास्ता गरेको पाइएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थिति भयावह हुनसक्ने जोखिम देखाएको हो ।

स्वास्थ्य जोखिम कायमै रहेको तथा कोरोनाको मात्रामा समेत वृद्धि भइरहेको अवस्थामा अनावश्यकरूपमा नारा जुलुस गर्ने, मास्क नलगाई हिँड्ने, सामाजिक दूरी कायम नगर्ने तथा मलाई केही हुँदैन, अरुलाई नै कोरोना लागेको भन्नेजस्ता मानसिकता नै आत्मघाती हुँदै गएको छ । यस्तै काम नै नभई घरबाट बााहिर निस्कने, सार्वजनिक सवारी साधनमा समेत एकै ठाउँमा धेरै जना बस्ने, स्यानिटाइजरको प्रयोग नगर्ने तथा अनावश्यक रुपमा भीडभाड गर्ने प्रवृत्तिले जोखिम बढाउँदै लगेको छ ।

पछिल्ला दिनमा कोभिड–१९ सङ्क्रमणको जोखिम कम गर्न सरकार तथा विश्व स्वास्थ्य सङ्गठनले सुझाएका रोकथामका उपायको बर्खिलाप गर्ने गतिविधि बढेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले त्यस्ता क्रियाकलाप आत्मघाती हुनसक्ने बताए । सरकारले कोभिड–१९ सङ्क्रमण फैलनसक्ने भन्दै २५ भन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन नपाउने निर्णय गरे पनि यो वा त्यो बहानामा एकै स्थानमा धेरै मानिस जम्मा भएको पाइएको उनको भनाइ थियो ।

अनावश्यक भीडभाड नगर्न सरकारले बारम्बार अनुरोध गरेपनि विरोध प्रदर्शनका नाममा सडकमा भेला हुने, नारा लगाउने जुलुस तथा प्रदर्शन गर्ने गतिविधिले पछिल्ला दिनमा निरन्तरता पाइरहेका छन् । “अझै पनि गोष्ठी, सभा, बैठक, जलुस तथा धार्मिक कार्यक्रम गरेको पाइएको छ, यस्तो नगर्न अनुरोध छ । यो धेरै आत्मघाती हुनसक्छ”, कोभिड–१९ को राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित नियमित ‘प्रेस ब्रिफिङ’ मा उनले भने । ठूलो जनघनत्व भएका स्थानमा धेरै जना भेला भएर गरिने जुनसुकै कार्यबाट पनि सङ्क्रमण फैलिएर जनस्वास्थ्यमा ठूलो असर गर्ने सम्भावना उच्च रहेको उनको भनाइ थियो ।

राजधानीमा विभिन्न माग राखेर अनशन पनि चलिरहेको छ । यसले समेत थप जोखिम बढाएको छ । सुरक्षाकर्मीसमेत कोरोनाबाट प्रभावित भएका छन् । त्यसकारण संयमता अपनाउनु नै प्रमुख कर्तव्य हुन जान्छ । कारागार, हिरासत, सुधारगृह तथा पुनःस्थापना केन्द्रजस्ता स्थानमा क्षमताभन्दा बढी मान्छे राख्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै प्रवक्ता गौतमले अहिलेको भौतिक संरचनाको अवस्थालाई हेर्दा ती ठाउँमा भौतिक दूरी गरी कायम गरी राख्न सक्ने स्थिति नभए पनि उचित सावधानी अपनाउन आग्रह गरे ।

कोभिड–१९ रोकथाम रोक्नका लागि भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र सफासुग्घर भएर बस्ने नै उपयुक्त विधि भएको बताउँदै उनले दैनिक उपभोग्य वस्तु राम्रोसँग सफा गरी निर्मलीकरण गरी भित्र्याउन र सामाजिक दूरी कायम हुने गरी हिँडडुल गर्न आग्रह गरे । प्रवक्ता गौतमले अनावश्यक भीडभाड नगर्न, अत्यावश्यक कामबाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन, अनिवार्यरूपमा मास्क लगाउन, साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुन स्मरण गराए ।

पछिल्ला केही दिनयता स्थलमार्गबाट सीमानाका हुँदै नेपाल प्रवेश गरेका व्यक्तिलाई क्वारेन्टिनमा नराखी सिधैँ घर पठाउने गरेको पाइएको भन्दै उनले कोरोना परीक्षणका लागि उनीहरुको स्वाब सङ्कल गरेर रिपोर्ट नआउञ्जेलसम्म क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन आग्रह गरे ।

विभिन्न सरकारी तथा निजी कार्यालयमा काम गर्ने कर्मचारीले भौतिक दूरी कायम नगरेको, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले पनि स्वास्थ्य सुरक्षाको उपाय नअपनाएको सूचना सरकार समक्ष आएको जानकारी दिँदै उनले जनस्वास्थ्यका मापदण्ड पालनामा कञ्जुस्याइँ नगर्न आह्वान गरे । “कतिपयले मास्क नलगाएको, मास्क लगाउँदा पनि ठीक ढङ्गले नलगाएर च्यूँडोमा लगाएको सूचना प्राप्त भएको छ”, उनले भने, “ठीकसँग मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र साबुनपानीले राम्रोसँग मिचिमिची हात धुन म पुनः अनुरोध गर्दछु ।”

राजधानी काठमाडौँ प्रवेश गर्नेले पनि स्वास्थ्य सतर्कता नअपनाएको पाइएको छ । विशेषगरी भक्तपुरको नाका भएर काठमाडौँ प्रवेश गर्नेमध्ये २४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै अस्पतालमा कोरोनाका लक्षण भएका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies