Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

लिपुलेक नेपालको होइन भन्ने ‘मुनी’ को हुन् ? नेपालवारे उनका विवादास्पद अरु अभिव्यक्ति यस्ता छन्

\"sd१ साउन, काठमाडौं । भारतीय प्राध्यापक एसडी मुनी नेपालबारे विवादास्पद अभिव्यक्ति दिएर सधैं चर्चामा आइरहन्छन् । कहिले सामाजिक संजाल त कहिले संचारमाध्यममार्फत नेपाल भारत सम्बन्ध र सीमासहितका विषयमा उनले विवादास्पद अभिव्यक्ति दिने गरेका छन् । आजै मात्र नयाँ पत्रिका दैनिकलाई अन्तर्वार्ता दिँदै मुनीले लिपुलेक नेपालको नभएको र भारतसँग निहुँ खोज्न मात्र यस्तो विषय नेपालबाट उठेको भन्दै विवादमा तानिएका हुन् । १५ दिन अघि २ जुलाईमा मुनीले सामाजिक संजाल ट्वीटरमा राजतन्त्र र हिन्दुका विषयमा यस्तै विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए– सुष्माको नेपाल भ्रमणको घोषणाले हिन्दु राष्ट्र र राजतन्त्र पक्षधरलाई सक्रिय बनाउन सक्छ । त्यसैले उनले उनीहरुलाई वेवास्ता गर्नु उपयुक्त हुनेछ । नेपालमा संविधान बन्दै गरेको अवस्थामा उनले यस्तो विवादास्पद अभिव्यक्ति दिएको प्रति धेरैले विरोध गरेका थिए । नेपालबारे बोल्न उनलाई हक नभएको भन्दै ट्वीटरमा उनको तीव्र विरोध भएको थियो । नेपालबारे बोल्ने, लेख्ने र अभिव्यक्ति दिने मुनी पूर्व कुटनीतिज्ञ एवं प्राध्यापकसमेत हुन् । तर, उनी भारतीय सत्ताको प्रतिनिधि र आधिकारिक मान्छेको शैलीमा यसो गर उसो गर भन्दै विवाद सम्बन्धलाई थप बिगार्नेगरी अभिव्यक्ति दिइरहेका छन् । लिपुलेककै विषयमा भारतीय विदेशमन्त्रीसमेत प्रचण्डको भ्रमणका क्रममा छलफल गरेर जानुपर्ने बताइरहेका बेला मुनीले त्यो भन्दा पनि अघि बढ्दै यसो गर उसो गर भनिरहेका छन् । सुकदेव मुनी अर्थात एसडी मुनी प्रोफेसरसमेत हुन् । तर, उनी पटकपटक नेपालका विरुद्ध अभिव्यक्ति दिँदै आएका छन् । सत्तालाई जोगाइराख्न राजा त्रिभुवनले नेपाललाई भारतमा मिलाउन खोजेको  जस्ता विवादास्पद अभिव्यक्ति मुनीले यस अघि नै दिइसकेका छन् । त्यतिखेर पनि उनको चर्को विरोध जताततै भएको थियो । २०६८ चैतमा नेपाल आएका बेला उनले राजतन्त्र नफर्किने, जसरी पनि संविधान दलहरु लाग्नुपर्ने जस्ता आदेशशात्मक र निर्देशनात्मक अभिव्यक्ति दिएका थिए । जबाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक मुनीले माओवादी जनयुद्धमा उनीहरुलाई भारतीय संस्थापनसँग सम्पर्क गराएको पनि बताइन्छ । पत्रिकासँगको कुराकानीमा उनले नेपाली भूमि लिपुलेक नेपालको होइन, नेपालीहरु तीव्र भारतविरोधी छन् । चीनमैत्री छन् भन्ने अभिव्यक्ति दिएका हुन् । ‘त्यहाँ कसैले एक इन्च जमिन लेनदेन गरेको छैन, जस्ताको तस्तै छ । यो दाबी चीनसँग पनि गर्नुपर्यो नि नेपालले ? चीनसँग किन सोध्नुहुन्न यही कुरा तपाईंहरू ? तपाईं दाबी त जहाँको पनि गर्न सक्नुहुन्छ नि । हाम्रो कास्मिरमा दाबी छ । चीनले पाकिस्तानसँग सम्झौता गरेर जमिन लियो । यो विश्वासको सवाल होइन । तपाईंहरूको विरोध मात्रै हो । नेपाल अहिले विरोध गर्ने मुडमा छ । हरेक चिजमा आरोपित गर्नुहुन्छ । भूकम्पमा मद्दत गर्यौँ, त्यसको पनि विरोध गर्नुहुन्छ । पहिला त विरोध थियो कि मनमोहन सिंह आउनुहुन्न, कुरै गर्नुहुन्न । मोदीले सल्लाह सुझाब गर्न सुरु गर्नुभयो, त्यसमा पनि नेपालले विरोध गर्न थालेको छ । यो समस्या हिन्दुस्तानका तर्फबाट छैन, नेपालको तर्फबाट छ । यो सबै कुरा मिडियामा चलिरहेको छ । नेपालले भारत सरकारसँग कुरा गरेर टुंग्याए भइहाल्यो नि ‘ उनको विवादास्पद अभिव्यक्ति छ । भूकम्पपछि अरबौ सहयोग गर्दा पनि नेपालीले भारतलाई राम्रो नमानेको तर, चीनलाई राम्रो मानेको आरोप उनले लगाएका छन् । अन्तर्वार्ताको क्रममा उनले चीनको पनि विरोध गर्न सुझाएका छन् भूकम्पपछि सहयोग गर्न भारत गयो । तपाईंहरूले भन्नुभयो, मिति गुज्रेको परौठा भारतले पठायो । परौठाको डेट त भारतमा पनि हुँदैन । तपाईंहरू केवल भारतका लागि बढी सेन्सिटिभ हुनुहुन्छ । दोस्रो देशका लागि हुनुहुन्न । चीनका लागि त तपाईंहरू संवेदनशील हुनुहुन्न । तपाईंहरूलाई के गर्दा खुसी पार्न सकिन्छ, भारतले बुझ्न सकेन । त्यत्रो सहयोग गर्दा पनि नेपाल खुसी छैन । सायद मोदीजी पनि सोचिरहनुभएको होला कि नेपाललाई कसरी खुसी पार्ने ? दुई अर्ब डलरको सहयोग दिँदा पनि नेपालबाट कसैले राम्रो भन्दैन ।’ उनले भारतले सबैथोक गरेको भन्दै भनेका छन् । नेपालले बारम्बार सीमाको विषयमा लफडा गरेको भन्दै उनले खुल्ला सीमाना बन्द गर्नका लागि पर्खाल लगाउनसमेत चुनौती दिएका छन् । विशेष सम्बन्धको मामला १९५० को सन्धिदेखि चलिरहेको छ । अहिले तपाईंहरू सन्धि बदल्न चाहनुहुन्छ । नेपालका कतिपय मानिस भनिरहेका छन् सीमा बन्द गरौँ । यदि तपाईंहरू खुला सिमाना चाहनुहुन्न भने बन्द गरिदिनुस् न । दुई छिमेकीको बीचमा झगडा हुन्छ र एउटाले पर्खाल लगाउन चाहन्छ भने लगाइदिए हुन्छ । भारतकै आधिकारिक व्यक्ति झैं उनले चेतावनी दिएका छन् । साथै, उनले भारतीय सीमा सुरक्षा बल एसएसबीले पनि सीमामा ज्यादती नगरेको जिकिर गरेका छन् । भारतमा समेत लाखौ नेपाली रहेको भन्दै उनले भारतसँग सम्बन्ध नरहे उनीहरु फर्किनुपर्ने चेतावनीसमेत दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending