Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

नेकपा विवादले कार्यकर्ता निराश : दुई अध्यक्षले उत्साह जगाउने विश्वास, कसले के भने ?

काठमाडौं । “कम्युनिष्ट पार्टीमा लागेर अकुत कमाएर रमाएकालाई त मज्जा आएको होला, आफन्त गुमाएका परिवार, घाइते योद्धा र मृत्युको मुखबाट फुत्केर बाँचेका एवं इमान्दार कार्यकर्तालाई नेकपाको गतिविधिले चिन्ता बढाएको छ”, गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका नेकपा प्रदेश कमिटी सदस्य रामजीप्रसाद बरालले बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरे।

सत्तारुढ नेकपाको केन्द्रमा उत्पन्न विवादले यतिबेला राष्ट्रिय राजनीतिमा जति चर्चा र चासो बढेको छ, त्यसरी नै पार्टीभित्रको विवाद झन् बढ्दै जाँदा जिल्लामा कार्यकर्तासमेत पार्टी विभाजनको सम्भावित सङ्कटबाट चिन्तित छन् । पछिल्ला दिनमा पार्टीको आन्तरिक जीवनमा देखिएको असहज अवस्थाप्रति केन्द्रदेखि जिल्लास्तरका नेता तथा कार्यकर्ताले विभिन्न माध्यमबाट चिन्ता व्यक्त गर्दै पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वलाई खबरदारी गरेका छन् । स्थिरता र समृद्धिको नारासहित एकीकृत पार्टी बनाउने प्रतिबद्धतासहित जनतामा गएर मत मागेका दुई कम्युनिष्ट पार्टी एकताबद्ध भएको दुई वर्षमै पार्टीभित्र देखिएको विवादले तल्लो तहका कार्यकर्तामा असन्तोष पैदा गरेको हो ।

पार्टीको अहिलेको विवादले चरम निराशा छाएकाले नेतृत्वले सुझबुझ ढङ्गबाट मतभेदको समाधान गरी सम्पूर्ण पार्टी नेता, कार्यकर्ता र जनतामा उत्साह दिन सक्नुपर्ने भनाइ प्रदेशसभा सदस्य बरालको छ । “तत्कालीन दुई कम्युनिष्ट पार्टी मिलेर बनेको नेकपा ठूलो त्याग, समर्पण र बलिदानबाट स्थापित भएको हो, देशको समृृद्धिको अगुवाइ गर्ने जिम्मेवारी रहेको पार्टीको नेतृत्वमा देखिएको विवादले हामी चिन्तित छौँ”, बरालले भने, “अहिलेको अन्तरविरोधलाई हल गरेर दुई अध्यक्षले पुनः कार्यकर्तामा उत्साह जगाउने र खुशीको खबर दिने विश्वास छ ।”

कास्कीको माछापुुच्छ«े गाउँपालिका–२ सार्र्दीखोलाका हर्कबहादुर घर्ती क्षेत्रीले कम्युनिष्ट पार्टीमा चार दशकभन्दा बढी समय खर्चिए । उनको घर पञ्चायतकालमा नेकपाका नेता वामदेव गौतम, जीवराज आश्रित, किरण गुरुङलगायत नेताहरुको ‘सेल्टर’ थियो । विसं २०३४ देखि तत्कालीन नेकपा ९माले०मा आबद्ध भएर शिक्षणसहित पार्टी राजनीतिमा लागेका उनी ७५ वर्षका उमेरमा समेत सक्रिय छन् र नेतृत्वमा देखिएको अहिलेको विवाद समाधान हुने तथा पार्टी नफुट्नेमा विश्वस्त रहेका छन् ।

तत्कालीन नेकपा ९एमाले० र माओवादीका बीचमा एकता भएर एउटै पार्टी गठनले आफूहरुको सपना पूरा भएको र गाउँमा बस्ने कार्यकर्तामा उत्साह थपेको बताउँदै उनले पार्टीका दुई अध्यक्ष मिलेर अहिलेको विवाद मिलाउनुपर्ने र सबै नेताहरुलाई समेट्नुपर्ने जोड दिए । लामो समय स्वतन्त्रता र परिर्वतनका लागि सङ्घर्ष गरेका र पार्टी निर्माणमा आफ्नो जीवन समर्पण गरेका नेताले नेतृत्व गरेको पार्टी विभाजन नहोला भनेर भित्रैबाट लागे पनि अहिलेको विवाद बढ्दै गएर पार्टी विभाजन हुने हो कि भन्ने चिन्ताले भने आफूलाई सताइरहेको क्षेत्री बताउछन्।

उनले भने, “आफू भोकै बसेर भए पनि पालेका नेताहरुले पहिलाको भूमिगत अवस्था बुझेर जनतालाई सुख सुविधा दिन्छन् र देशको विकास गर्छन् भन्ने थियो तर ती सबै सपना भए, अहिले एकतापछि केही होला भन्ने लागेको थियो तर आफू÷आफू शक्तिका लागि लड्न थाले”, क्षेत्रीले भने, “अझै पनि समय छ, स्थायी कमिटी, सचिवालयमा नेताले सल्लाह, सुझाव लिएर पार्टीलाई मिलाउलान् र एकताका लागि छाती ठूूलो बनाएर त्याग गरेर भए पनि पार्टी बचाउलान् भन्नेमा छौँ ।”

नेकपा पोखरा महानगर कमिटीका अध्यक्ष दीपक पौडेल जनताको चाहना, देशको आवश्यकता र दुई अध्यक्षको निर्णय गर्ने क्षमताका कारण दिगो शान्ति, स्थायित्व र समृद्धिका लागि पार्टी एकता भएकाले अहिलेको गतिविधि तत्काल रोेकिनुपर्ने बताउछन् । “कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउन र देशको विकासका लागि दुई अध्यक्ष मिल्नुको विकल्प छैन, जनताका बीचमा गरेका कबोल पूरा गर्नेतर्र्फ ध्यान दिनु आवश्यक छ, महानगर कमिटीले विज्ञप्तिमार्फत नेतृत्वलाई एकताबद्ध हुन आग्रह गरिसकेका छौँ”, पौडेलले भने ।

राष्ट्रिय युवा सङ्घका जिल्ला संयोजक भोजराज पौडेलले केन्द्रमा चलेको विवादले तल्लो तहमा सङ्गठनात्मक गतिविधि तथा एकीकरणका बाँकी कामसमेत प्रभावित भएको बताउनुभयो । दुई अध्यक्षले एकताको मर्म र भावनालाई आत्मसात् गरेर जनयुद्ध, जनआन्दोलनलगायत आन्दोलनको म्याण्डेटअनुसार पार्टी विधि र विधानमा सञ्चालन गर्दै आम जनताको सपना साकार पार्नुपर्ने बताए । उनले भने, “कम्युनिष्ट पार्टीलाई जनताले दिएको मतको कदर गरेर सरकार सञ्चालन गर्नुपर्दछ, पार्टी विभाजनको कुनै पनि गुञ्जायास कार्यकर्तालाई सह्य छैन ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending