कैलाली । अविरल वर्षापछि आएको बाढीका कारण कैलालीमा हजारौं नागरिक विस्थापित भएका छन् । मङ्गलबार रातिदेखि भइरहेको वर्षाका कारण सबैभन्दा बढी भजनी नगरपालिकाका नागरिक विस्थापित भएका छन् ।
भजनीमा दुई हजार २०० परिवार विस्थापित भएका छन् । भजनीका करिब १० हजार नागरिकलाई उच्च स्थानमा सारिएको स्थानीयवासी कुशुम धामीले जानकारी दिए। भजनीमा विस्थापित भएका परिवारलाई उच्च स्थान र हुलाकी राजमार्गमा राखिएको छ । नगर प्रमुख शेरबहादुर चौधरीका अनुसार सयौं परिवार गाई, भैँसीसहित सडकमा बसेका छन् ।
“नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र जनप्रतिनिधि र स्थानीयस्तरमा रहेका उद्धार टोलीको सहयोगमा हजारौं नागरिकलाई उद्धार गरेका छौँ”, नगर प्रमुख चौधरीले भने, “सुरक्षित स्थानमा नअटेकालाई सडकमै राखिएको छ, उनीहरु त्रिपालमा बसेका छन्, वर्षा निरन्तर भइरहेकाले रात गुजार्न कठिन भएको छ ।”
भजनीको वडा नं ८ पूरै विस्थापित भएको छ । वडा नं २ र ३ मा पनि बढी डुबान भएपछि सयौं परिवार विस्थापित भएका छन् । नगर प्रमुख चौधरीले विस्थापित परिवारलाई खाना, त्रिपाल र पानीकोे जोहो गर्न नगरपालिका जुटिरहेको बताए । “सबै क्षेत्रबाट सहयोग भइरहेको छ, रेडक्रसकर्मीलगायत स्थानीय राहत तथा उद्धारमा खटेका छन्”, चौधरी भन्छन्, “अधिकांश परिवार आफन्तकामा पनि बसेका छन् ।”
मङ्गलबार रातिदेखि आएको अविरल वर्षापछि कैलालीको मध्यवर्ती क्षेत्रका सबै स्थानीय तह डुबानमा परेका छन् । कैलालीको टीकापुर, भजनी, लम्कीचुहा, घोडाघोडी नगरपालिका र जोशीपुर, जानकी, बर्दगोरिया गाउँपालिका डुबानमा परेका हुन् । यता टीकापुरमा ११ सय ३२ नागरिकलाई उच्च स्थानमा सारिएको छ । पथरैया नदी बस्तीमा पसेपछि टीकापुरका वडा नं ६, ७ र ९ का ३९० परिवारलाई प्रहरीको सहयोगमा उद्धार गरिएको हो । विस्थापित परिवारलाई नगरपालिकाले निर्माण गरेका उच्च घर र विद्यालयमा राखिएको नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए । उनले निरन्तर वर्षा जारी रहेकाले क्षतिको विवरण सङ्कलन गर्न नसकिएको बताए ।
टीकापुरमा बाढीका कारण बजार क्षेत्रमा व्यापारीको ठूलो क्षति भएको छ । बजार क्षेत्रमा किराना पसल, पुस्तक पसल, कुटानीपिसानी मिल तथा गल्ला मण्डीमा लार्खाँैको क्षति भएको व्यापारीको गुनासो छ । जानकी गाउँपालिका वडा नं १ र ७ का ४१ घरधुरीका १६३ लाई उच्च स्थानमा सारिएको छ । वर्षाका कारण डुबानमा परेका परिवारलाई समयमै उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताए ।
कन्द्रा, काँढा र पथरैया नदी सतहभन्दामाथि पुगेपछि जोशीपुर गाउँपालिकाका सबै वडामा डुबान भएको छ । जोशिपुर गाउँपालिकामा पनि सयौँ परिवार विस्थापित भएका वडा नंं १ का वडाध्यक्ष विधिराम चौधरीले बताए।
वर्षाका कारण कृषि क्षेत्रमा पनि ठूलो क्षति भएको छ । टीकापुर वडा नं ७ दिव्यपुरमा पर्यटन व्यवसायी थर्कबहादुर शाहको कृषि फर्ममा ठूलो क्षति भएको छ । उनको आठ बिघा जमिनमा लगाइएको केराखेती, माछापालनलगायत सबै खेती नष्ट गरेपछि रु २० लाख बराबरको क्षति भएको बताइएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: