Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

के भोली बस्ने नेकपाको स्थायी समितिको बैठक निर्णायक होला ? यस्तो छ तयारी !

काठमाडौं । नेकपाभित्र देखिएको विवादका कारण लामो समयदेखि स्थगित हुँदै आएको स्थायी कमिटी बैठक अब नरोकिने भएको छ ।

नेकपा अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको छलफलमा स्थायी कमिटी बैठक भोलिदेखि सुचारु गर्ने र उक्त बैठकबाटै बहुमतको आधारमा आवश्यक निर्णय गर्ने सहमति भएको छ ।

बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत सहभागि थिए । बैठकअघि प्रचण्डले उपाध्यक्ष बामदेव गौतमसँग छुट्टै छलफल गरेका थिए ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली लगातार बैठक स्थगित तथा छल्न थालेपछि अन्नतः प्रचण्ड–नेपाल समूह बैठक सुचारु गरेर पार्टीमा देखिएको विवाद समाधान गर्ने निष्कर्षमा पुगेको हो ।

बैठकमा यसअघि सरकारको समीक्षा, एमसिसीलगायतका एजेण्डामा सदस्यहरुले बोल्ने क्रम बाँकी नै छ । सबैको विचारपछि बैठकमा सरकार र अन्य एजेन्डामा सामुहिक निर्णयको पहल गरिने तर त्यसो नभएमा बहुमतका आधारमा निर्णय गर्ने निष्कर्षमा प्रचण्ड-नेपाल पुगेका हुन।

यो अवस्थामा स्थायी समितिको बहुमत प्रचण्डसँग रहेकोले ओलीले एक पद त्याग गर्नुपर्ने या दुबै पदबाट राजिनामाको निर्णय हुनसक्छ ।

स्थायी समिति बैठकमा केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने एजेण्डा प्रवेश गरेपछि असार १८ गतेदेखि सहमतिका भन्दै बैठक लगातार स्थगित हुँदै आएको छ ।

खुमलटार स्रोतले भन्यो, ‘पार्टीभित्र देखिएको विवाद समाधानका लागि अब स्थायी समितिमा प्रस्ताव हुन्छ । अनि बहुमतका आधारमा निर्णय हुन्छ ।’ उक्त बैठक निर्णायक हुने पनि खुमलटार स्रोतको दाबी छ ।

स्थायी कमिटी बैठक मंगलबार बिहान ११ बजेका लागि तय भएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: