काठमाडौ । सहजताका लागि आजभोलि निजी सवारी साधन अनिवार्य जस्तै बनिसक्यो । कोभिड– १९ को सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन) पछि त यसको महत्व झन बढ्दो छ ।
प्रायः कामकाजमा व्यस्त देखिने महिला बन्दाबन्दीपछि ड्राइभिङ सेन्टरमा बढी व्यस्त देखिन थालेका छन् । विशेष गरी ड्राइभिङ सेन्टरमा स्कुटर सिक्न बढी महिलाको चाप देखिन थालेको हो । वनस्थलीकी ३५ वर्षीया सीता परियारले स्कुटर सिक्न थालेको लगभग एक महिना हुन लाग्यो । अन्य समय सिलाइबुनाइमा व्यस्त रहने उनी यो समय स्कुटर सिक्ने महत्वपूर्ण समय रहेको बताउछिन् । “स्कुटर सिक्नु अहिलेको अनिवार्य आवश्यकता जस्तै बनिसक्यो”, उनी भन्छिन्, “काठमाडौँको ट्राफिक जाम र सार्वजनिक सवारी साधनका कारण समय बर्बाद हुन्छ । ।”
आवतजावतको सहजता अहिलेको मुख्य प्राथमिकता रहेको उनको दाबी छ । उनी जस्तै खरिबोटकी २३ वर्षीया उषा गुरुङले पनि स्कुटर सिक्न थालेको २० दिनभयो । बन्दाबन्दी अघि पढाइमा व्यस्त रहने उनी परिवारको आग्रह बमोजिम सिक्न शुरु गरेको बताउछिन् । उनी भन्छिन्, “सामान्य अवस्थामा सिकाइको मूल्य निकै उच्च थियो, अहिले झण्डै आधा मूल्य घटेको छ ।” सस्तो मूल्यमा सिक्न पाउने भएपछि आफूलाई यो समय प्रभावकारी लागेको उनको भनाइ छ ।
“४५ दिने ड्राइभिङ क्लासको २० दिन नाघ्यो”, उषा भन्छिन्, “कहिले क्लास सकिएला र ट्रायल दिएर लाइसेन्स लिउँ जस्तो भएको छ ।” “शुरुमा हात खुट्टा काँप्थ्यो । अहिले त राम्ररी चलाउन सक्छु”, उनी भन्छिन् । रोजगारीमा जाँदा पहिलो प्रश्न ‘स्कुटर चलाउन आउँछ रु’ भन्ने भएपछि पनि रोजगारीकै लागि पनि सिक्नु पर्ने बाध्यता रहेको उनी प्रष्ट्याउछिन् ।
कोहीले आवतजावतमा सहजताकै लागि स्कुटर सिक्ने भए पनि कसैले भने सोखकै रुपमा स्कुटर सिक्ने गरेको पाइन्छ । आफ्ना सबै साथी स्कुटर चलाएर हिँड्दा अफ्ठेरो महसुस हुने हुँदा उनीहरुका अगाडि आफूलाई बराबर देखाउन सिक्न थालेको त्यहाँकी अर्की स्थानीयवासी ममता तामाङ बताउछिन् । “इज्जत धान्नकै लागि भए पनि स्कुटर अहिले महिलाको अनिवार्य आवश्यकता नै बनिसकेको छ ।”
गृहिणीलाईसमेत स्कुटर सिक्नु आवश्यक रहेको उनी बताउछिन् । बन्दाबन्दी केही खुकुलो भएर काठमाडौँका ड्राइभिङ सेन्टर खुल्न थालेसँगै स्कुटर सिक्ने महिलाको सङ्ख्यामा पनि दोब्बर वृद्धि हुन थालेको छ । बन्दाबन्दीपछि शूल्कमा आएको गिरावटका कारण सिक्नेको सङ्ख्यामा गिरावट आएको सेन्टरका सञ्चालक बताउँछन् ।
उपत्यकामा हाल सुमन ड्राइभिङ सेन्टर, बुढाथोकी ड्राइभिङ सेन्टर, अधिकारी मोटर ड्राइभिङ सेन्टर, सुजुकी ड्राइभिङ स्कुल, विश्वकार्मा मोटर ड्राइभिङ सेन्टर, दूधकुण्ड ड्राइभिङ सेन्टर, काठमाडौँ, ड्राइभिङ सेन्टर, द हिमालयन रिलायन्ट ड्राइभिङ सेन्टरलगायत सञ्चालित छन् ।
सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै जोखिम मोलेरै भए पनि सिकाउने काम भइरहेको हिमालयन रिलायन्ट ड्राइभिङ सेन्टरका सञ्चालक राजेन्द्र थापा बताउछन् । उनी भन्छन्, “सिकाउने काम नै नगरे ग्राउण्डको भाडा कसरी तिर्नु रु” यस्तो समय व्यवसायीकतालाई पनि ध्यानमा राख्नुपर्ने उनको तर्क छ । महिलाहरूको आत्मविश्वास देखेर आफू खुसी भएको उनी बताउछन् । “हिजोआज स्कुटर सिक्ने महिला बढी आउँछन्”, उनी भन्छन्, “स्कुटर चलाउने पेसाप्रति महिला आकर्षित बन्दै गएका हुन् ।”
उक्त ड्राइभिङ सेन्टरमा पहिले दैनिक एघार जना स्कुटर सिक्न आउने गर्दथे भने हाल २२ जनाभन्दा बढी आउने गरेका छन् । जसमा किशोरीदेखि अधबैंसे महिलासमेत आउने गरेको थापा बताउछन् । सिक्न आउनेको सङ्ख्या बढ्दै गएपछि कर्मचारी पनि थपेको उनी बताउछन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...


प्रतिकृया लेख्नुहोस्: