Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

बढी मूल्यमा टिकट बिक्री गर्नेलाई निगमले कारवाही गर्ने

काठमाडौ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले चार्टर्ड उडानका दौरानमा कतिपय व्यक्ति तथा संस्थाले यात्रुबाट अस्वाभाविक रुपमा बढी मूल्यमा टिकट बिक्री गरेको भन्ने गुनासो आएको तर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कतिपय व्यक्ति वा संस्थाले यात्रुलाई सहजै टिकट मिलाइ दिने भनी आफ्नो सम्पर्क नं सहित विभिन्न सञ्चारमाध्यममा सूचना प्रकाशित गरेकोसमेत बुझिएको भन्दै निगमले आज एक विज्ञप्तिमार्फत त्यस्ता व्यक्ति वा संस्थाको भ्रममा नपर्न सम्बन्धित सबैलाई सूचीत गरेको छ ।

यदि निगमको वेबसाइटमा प्रकाशित भाडादरभन्दा बढी असुलेर कुनै व्यक्ति वा संस्थाले टिकट विक्री गरेको प्रमाणित भएमा प्रचलित कानूनबमोजिम कारवाही गरिने निगमले जनाएको छ । निगमका उद्धार उडान तालिका र भाडादरसम्बन्धी जानकारी चाहिएमा निगमको निम्न नं ४२४८६१४, ४२४८६२५ मा सम्पर्क गर्नुहुन् तथा निगमको वेबसाइटमा हेर्न हुनसमेत अनुरोध गरेको छ ।

कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि लागू भएको लकडाउन (बन्दाबन्दी) का कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी स्वदेश फर्काउने कार्यमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले आफ्नो सामाजिक जिम्मेवारी समेतको बोध गर्दै सुलभ तथा सहुलियतपूर्ण भाडादरमा उद्धार उडान सञ्चालन गर्दै आइरहेको जनाएको छ ।

उद्धार उडान तालिका र तोकिएको भाडादर निगमले आफ्नो वेबसाइटमा प्रकाशित गरी सोहीबमोजिम उडान सञ्चालन गरिरहेको, साथै उडान तालिकामा रहेका बाहेक अन्य गन्तव्यमा उडान नगरिएको पनि निगमले जानकारी गराएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: