Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

क्रसर उद्योगको खाल्डोले १६ वर्षीय किशोरको लियो ज्यान

महोत्तरी । क्रसर उद्योगले जथाभावी बनाउने ठूलाठूला खाल्डा ज्यानमारा बन्दै गएका छन् ।

महोत्तरीको बर्दिवास–१४ मा आइतबार यस्तै खाल्डोमा परेर एक किशोरको मृत्यु भएको छ । बर्दिवास–१४ कै अशोक भनिने आशुतोष मिश्रका १६ वर्षीय कन्हैया भनिने रोशन मिश्रको गहिरो खाल्डोको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय महोत्तरीले जनाएको हो ।

दुई अन्य साथीसँग नुहाउन गएका मिश्र गहिरो खाल्डोको पानीमा चिप्लिएर डुबेका हुन् । उनलाई तत्काल उद्धार गरी बर्दिवास–१४ कै शुभस्वस्तिक अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए । मिश्रसँगै नुहाउन गएका अन्य दुई किशोर भने सुरक्षित छन् ।

किशोरको मृत्युसँगै जथाभावी खाल्डा बनाउने क्रसर उद्यमीविरुद्ध कारवाही हुनुपर्ने मृतक किशोरका आफन्तले बताएका छन् । रातु नदीको नदीउकास क्षेत्रमा क्रसर उद्यमीले बनाएका ठूलाठूला खाल्डामा परी बर्सेनि ज्यान जाने गरेको छ । यसअघि गत असारमा यस्तै खाल्डोमा परेर छिमेकको भङ्गाहा–४ मा र गत वर्ष बर्दिवास–९ पशुपतिनगरमा एकरएक किशोरको मृत्यु भएको थियो ।

नदीउकास क्षेत्रमा जथाभावी उत्खनन गर्न दिन नहुने र तीन फिटभन्दा गहिरो खाल्डो खन्न नपाइने प्रावधान भए पनि यहाँ २५र३० फिट गहिरा खाल्डा खनेर नदीजन्य पदार्थ बालुवाढुङ्गानिकालिने गरिएको छ ।

यससम्बन्धमा बर्सेनि सम्बन्धित नियमन गर्ने निकायबाट निरीक्षण, अनुगमन हुने गरे पनि मापदण्ड नाघेर खाल्डा खनेबापत कुनै क्रसर उद्यमी कारवाहीमा भने नपरेका यहाँका सर्वसाधारणको गुनासो छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies