Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

मानवीय क्षतिप्रति मेलम्ची आयोजना स्तब्ध, मृतक तथा बेपत्ताका परिवारलाई क्षतिपूर्ति दिन पहल

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले सुरुङ र अस्थायी बाँधको निर्माण कार्य परीक्षणका क्रममा भएको दुघर्टनाबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ । आयोजनाले गत असार ३० गते मध्याह्नमा १७ नम्बर गेट खुल्दा प्रवाह भएको पानीले आयोजनाका निर्माण व्यवसायी सिनो हाइड्रो कर्पोरेशनमा कार्यरत इञ्जिनीयर सतीसकुमार गोइत र सवारी चालक राधाकृष्ण थापा मगरलाई बगाई मेलम्ची नदीमा बेपत्ता भएको जनाएको छ ।

खोज तथा उद्धारका क्रममा इञ्जिनीयर गोइतको शव प्राप्त भए तापनि चालक थापामगर अझैसम्म बेपत्ता छन्। सुरक्षाका सबै उपायको अवलम्बन गर्दागर्दै हुन गएको दुर्घटनामा मानवीय क्षति भएकामा मेलम्ची खानेपानी आयोजना स्तब्ध भएको जनाएको छ ।

बेपत्ता सवारी चालक थापामगरको खोजीकार्य सुरक्षा निकाय र परिवारका सदस्यद्वारा जारी राखिएको छ । आयोजनाले मानवीय हताहतिको यस दुःखद् घटनालाई गम्भीररुपमा लिएको छ । आयोजनाले स्व इञ्जिनीयर गोइतको मृत आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । आयोजनाले मृतक तथा बेपत्ताका हकवालाले पाउने बीमालगायतका सुविधाका लागि आयोजनाले प्रक्रिया अघि बढाउन निर्माण व्यवसायीलाई निर्देशन गरिसकेको जनाएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: