काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कोरोना भाइरससँग सम्बन्धित प्रविधि विकास कार्य थालेको छ । यसका लागि ३३ जना वैज्ञानिकलाई अनुसन्धान वृत्ति प्रदान गरेको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - नास्टले ‘समृद्धिका लागि नवप्रवर्तन’ कार्यक्रमअन्तर्गत वैज्ञानिकलाई खोज, अनुसन्धान र अभ्यास गर्न अनुसन्धानवृत्ति प्रदान गरेको जनाएको छ । यसका लागि ‘समृद्धिका लागि नवप्रवर्तन केन्द्र’ स्थापना गर्न लागिएको उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले बताए । ‘समृद्धिका लागि नवप्रवर्तन केन्द्र स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ,’ उपकुलपति डा. श्रेष्ठले भने ।
नास्टले कोभिड–१९ सँग सम्बन्धित प्रविधिको विकासका लागि अनुसन्धान प्रस्ताव आह्वान गरेको थियो । जसमा पेस भएका एक सय १८ प्रस्तावमध्ये २० वटा स्वीकृत भएका छन् । प्रस्तावमा आधारित भएर नास्टले अनुसन्धानवृत्ति उपलब्ध गराएको बताउँदै उपकुलपति डा. श्रेष्ठले भने, ‘यसमा नयाँ खोज, अनुसन्धान र आविष्कार गर्न चाहने युवा वैज्ञानिकहरू हुनुहुन्छ ।’
कोरोना प्रतिरोधी प्रविधि विकास गर्न २० जनालाई एक करोड २४ लाख १४ हजार रुपैयाँ उपलब्ध गराइएको छ । यो अनुसन्धानवृत्ति पाउने वैज्ञानिकहरू विशेष खनाल, अजिकुमार कर्ण, रामलक्ष्मण रिमाल, गौरव न्यौपाने, शर्मिला तण्डुकार, देवराज जोशी र रसिला लामिछानेले रहेका छन् ।
त्यस्तै, वैज्ञानिकहरू रेश्मा तुलाधर, रामचन्द्र थापा, असिम ढकाल, अभिषेक कार्की, विजय भट्टराई, प्रज्ज्वल आचार्य, रूपेशदही श्रेष्ठ, नसिर मुल्ला, युवराज केसी, विकास गुरुङ, रौनक मिश्र, गृड नेपाल, बाबुराजा श्रेष्ठ र साकार निरौलाले पनि अनुसन्धानवृत्ति पाएका छन् ।
त्यस्तै, ‘समाजका लागि प्रविधि’ विकास गर्न चाहने १३ जनालाई ९६ लाख रुपैयाँ उपलब्ध गराएको नास्टका प्रवक्ता डा. सुरेशकुमार ढुंगेलले बताए । यसमा एक सय ६२ वटा प्रस्ताव थिए ।
यो अनुसन्धानवृत्ति पाउने वैज्ञानिकहरू विवेकानन्द महत, सन्तोष दाहाल, विप्लव कार्की, दिपेशप्रसाद गुरागाईं, सन्देश सुवेदी, लक्ष्मण मोत्रा, कपिल ज्ञवाली, अस्मिता पाण्डे, खिलबहादुर बयलकोटी, हरि दर्लामी र नवराज भट्टराई रहेका छन् । यस्तै, रोबोटिक्स एसोसिएसन नेपालले पनि अनुसन्धानवृत्ति पाएको छ ।
‘दुवै अनुसन्धान र नव प्रवर्तनका कार्य हुन्, छनोट भएका वैज्ञानिकले वृत्ति प्राप्त गर्नुभएको छ,’ प्रवक्ता डा. ढुंगेलले भने, ‘एक वर्षसम्म उहाँहरूले आफ्नो प्रस्तावनाबमोजिमको प्रविधि विकासमा समय दिनु हुनेछ ।’
नास्टले ज्वरो परीक्षण गर्ने थर्मोग्राफिक क्यामेरा बनाउन, न्यून लागतमै परीक्षण गर्न सकिने पिसिआर प्रविधि, खाद्य सुरक्षाका लागि सोलार प्रविधिमा आधारित ड्रायर सिस्टम, अस्पताल र क्वारेन्टाइन डिसइन्फेक्सनका लागि माइक्रोबायोलोजिकल रोबोट र कोभिड–१९ पत्ता लगाउने एक्स–रे प्रविधि विकास गर्न अनुसन्धानवृत्ति दिएको छ ।
यस्तै, कृषि उत्पादनको डिजिटल मार्केटिङ मोबाइल एप, कोरोनाका कारण मृत शरीर व्यवस्थापनका लागि रोबोट भ्यान, एआईमा आधारित डेलिभेरी रोबोट, औषधि र खानेकुरा लैजाने रोबोटलगायत प्रविधि निर्माणका लागि अनुसन्धान तथा नवप्रवर्तन वृत्ति उपलब्ध गराएको नास्टले जनाएको छ ।
यसमा स्मार्ट एग इन्क्युबेटर, खानेकुराका लागि स्वदेशी किटको औद्योगिक उत्पादन, औषधि छर्कने ड्रोन, क्वाइड बाइक, अटोनोमस मेडिकल ड्रोन प्रविधि, ई–भोटिङ प्रणालीलगायत पनि छन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: