Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

अकूत सम्पत्ति कमाएको अभियोगमा उपसचिव रेग्मीविरुद्ध मुद्दा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी तरिकाले अकूत सम्पत्ति कमाएको अभियोगमा जिल्ला शिक्षा कार्यालय मुगुमा विद्यालय निरीक्षक पदमा कार्यरत मनप्रसाद रेग्मीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार २०५३ कात्तिक २२ गतेदेखि जिल्ला शिक्षा कार्यालय मुगुमा विद्यालय निरीक्षक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका रेग्मी २०७१ मङ्सिरमा उपसचिवमा बढुवा भएका थिए । रेग्मीले अकूत सम्पत्ति कमाएको भनी परेको उजुरीमाथि छानबिन गर्दा रु चार करोड ५४ लाख ३३ हजार ६९८ बराबरको सम्पत्ति गैरकानूनी देखिएको छ ।

आयोगले बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै स्रोत नखुलेको र श्रीमती फम्फादेवी पाण्डे र छोरी सन्ध्या रेग्मीको नाममा रहेको सम्पत्तिसमेत जफतको माग गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै आयोगले भूमिसुधार कार्यालय राजविराज सप्तरीमा कार्यरत नायब सुब्बा कृष्णबल्लभ ठाकुरले रु १३ हजार बराबरको घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । जग्गा स्रेस्ता कायम गरिदिने बहानामा उनले घुस माग्दै गरेको अवस्थामा आज पक्राउ गरिएको आयोगले जनाएको छ । आयोगले भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार काठमाडौँका मालपोत अधिकृत रघुवंश कँडेल, नायब सुब्बाहरु उद्धव सापकोटा, नारायणप्रसाद पोखरेले, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनालविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । उनीहरुले जग्गाको कित्ताकाट गर्न आदेश गराई सेवाग्राहीसँग रु आठ लाख ५० हजार बराबरको घुस लिएको अभियोग लागेको छ ।

त्यस्तै विज्ञापन प्रकाशनबापतको रकममा घुस मागेको अभियोगमा हरिपुर नगरपालिका सर्लाहीका लेखा अधिकृत भूपेन्द्रकुमार सिंहविरुद्ध आजै विशेष अदालतमा मुद्दा दायर गरिएको छ । आयोगका अनुसार सिंहले विज्ञापन प्रकाशन तथा प्रसारण गरेबापत सेवाग्राहीसँग रु चार हजारका दरले घुस मागेको पाइएको छ ।

आयोगले आजै कपिलवस्तुको तितिर्खी गाउँ विकास समितिको जमुवार पुल निर्माण गर्दा गैरकानूनी रुपमा उपभोक्ता समितिलाई दोहोरो सुविधा दिई भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन गाविस सचिव मुहानन्द खनाल र जिल्ला विकास समितिका लेखापाल गोलु अली धुनियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार उनीहरुले रु तीन लाख ९२ हजार २२७ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

यस्तै आयोगले सडक निर्माणमा मापदण्ड विपरीत गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको अभियोगमा सप्तकोशी नगरपालिका सप्तरीका तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्रप्रसाद दाहाल, इन्जिनीयर सुदीप चौधरी र सबइन्जिनीयर रामकान्त चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनीहरुले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरी निर्माण व्यवसायीलाई रु १४ लाख ९७ लाख ९७२ बराबरको भुक्तानी दिई हिनामिना गरेको पाइएको आयोगले जनाएको छ । यस्तै आयोगले सुन्दर कन्स्ट्रक्शनका प्रोपाइटर राजकुमार यादव, शान्ति निर्माण सेवाका प्रोपाइटर नारायणप्रसाद यादव र भष्मरवि निर्माण सेवामा सञ्चालक श्यामकान्त चौधरीले पनि गैरकानूनी रुपमा रु चार लाख ९९ हजार ६४२ बराबरको भुक्तानी लिएको पाइएको छ ।

यस्तै आयोगले आजै विभिन्न तालीम सम्पन्न गरी चेक भुक्तानी लिइसकेपछि सेवाग्राहीसँग रु ८५ हजार घुस लिएको अभियोगमा जोशीपुर गाउँपालिकाको कार्यालयका सूचना अधिकारी सिद्धराज जोशीलाई पक्राउ गरेको छ । आयोगको टोलीले आज जोशीलाई स्थानीय सिमरी भन्ने स्थानबाट पक्राउ गरेको हो ।

आयोगले आजै जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दिक्तेल खोटाङमा कार्यरत डिभिजन प्रमुख नारायणकाजी श्रेष्ठले सिँचाइ परियोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग रु नौ लाख ३४ हजार बराबरको घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगले श्रेष्ठलाई दिक्तेलको मझ्वागढी नगरपालिका–१ मा रहेको बेस क्याम्पबाट घुससहित पक्राउ गरेको हो ।

आयोगले घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज बाँकेका उद्योग अधिकृत हुकुमबहादुर ओलीलाई रु ९३ हजार ३०० बराबरको घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । ठेक्कापट्टाको अनुमतिपत्र बनाइदिने प्रयोजनका लागि ओलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आज कार्यालय परिसरबााटै पक्राउ गरिएको हो ।

अवैध सुन ल्याएर राजश्व चुहावट गरेको अभियोगमा पक्राउ

राजश्व अनुसन्धान विभागले अवैध सुन चोरी–पैठारी गरी राजश्व चुहावट गरेको अभियोगमाा भैरहवाको गल्ला मण्डीस्थित सोनी ज्वेलर्सका सञ्चालक सुनिल सुनारलाई सहयोगीसहित पक्राउ गरेको छ ।

उनीहरुले अवैध रुपमा रु ९९ लाख पाँच हजार बराबर नगद तथा कागजातसमेत बरामद गरी अनुसन्धान कार्य शुरु गरिएको विभागले जनाएको छ । विभागलाई प्राप्त सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: