काठमाडौ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ५.०४ अङ्कले उकालो लागेर एक हजार ३४७.४४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.९५ ले वृद्धि भई २४८.१८ मा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १८६ कम्पनीका २५ लाख ६८ हजार १२४ कित्ता शेयर रु ९९ करोड ४५ लाख ४५ हजार १०९ मा खरिदबिक्री भए । कारोबार भएका कूल १२ मध्ये आज पाँच उपसमूहको शेयरमा वृद्धि भएको छ भने सात उपसमूहको शेयर ओलारो लागेको छ ।
बैंकिङ ४.०९, होटल ५५.२९, जलविद्युत् २.९५, लघुवित्त ६४.९४ र सामूहिक लगानी कोष ०.१२ ले वृद्धि भएको छ । यस्तै व्यापार १४५७, विकास बैंक १.६९, वित्त ४.७५, निर्जीवन बीमा ६.४१, उत्पादन २३.९७, अन्य २ र जीवन बीमा १९.४३ले घटेको छ ।
कारोबारका आधारमा पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ११ करोड १० लाख १२ हजार २४३ बराबरको कारोबार भयो । यस्तै एनएमबी बैंक रु छ करोड ८६ लाख ८८ हजार १७६, नेपाल लाइफ इन्स्योरेन्स रु पाँच करोड एक लाख ६३ हजार ५३४, एनआइसी एशिया रु चार करोड ७६ लाख ४२ हजार ४०६, छिमेक लघुवित्त विकास बैंक रु चार करोड ११ लाख ८८९, साना किसान विकास बैंक रु तीन करोड ९९ लाख ८० हजार ६४७, हिमालयन डिष्टिलरी रु तीन करोड ६५ लाख ८२ हजार ६१६ र नविल बैंकको शेयर रु दुई करोढ २३ लाख ५९ हजार ३३० मा कारोबार भयो ।
आज सबैभन्दा बढी एनआइसी एसिया ब्यालेन्स फण्ड र एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको शेयरधनीले सामान १०÷१० प्रतिशतले कमाए । यस्तै नवीन व्यालेन्स फण्ड–२ ९.९९, नेपाल सेवा लघुवित्त ९.९७, घोडाघोडी लघुवित्त ९.९५, गुराँस लघुवित्त ९।९०, महिला सहयात्रा माइक्रोफाइनान्स ९.८० र नविल इक्विटी फण्डका लगानीकर्ताले ९.०३ प्रतिशतले कमाए ।
यस्तै समृद्धि फाइनान्स कम्पनी ६.६७, राधी विद्युत् कम्पनी ५.०३, युनाइटेड फाइनान्स ४.०७, मल्टीप्रपोज फाइनान्स ३.६७, विसाल बजार कम्पनी ३.६६, हिमालयन पावर पार्टनर ३.६२, माउन्टेन हाइड्रो ३.६१ र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.०२ प्रतिशतले गुमाए ।
सुनको प्रतितोला १०० ले घट्यो
नेपाली बजारमा आज छापावाला सुनको मूल्य प्रतितोला रु १०० ले घटेको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु १०५ ले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९२ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ७६० तोकेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला रु ९९५ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: